"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित

प्रकाशित मिति :  21 August, 2025 6:26 pm


काठमाडौँ- निजी विद्यालय सञ्चालक, नेपाल शिक्षक महासंघलगायतका सरोकारवालाको आन्दोलनकै बीच बहुप्रतिक्षित विद्यालय शिक्षा विधेयक,२०८० संसदीय समितिबाट पारित भएको छ।

प्रतिनिधिसभाअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले विधेयक पारित गरेको हो।

शिक्षा क्षेत्रलाई व्यवस्थित गर्ने उद्देश्यले ल्याइएको विधेयक सम्बन्धमा लामो समयदेखि विवाद हुँदै आएको थियो। समितिबाट विधेयक पारित भएसँगै अब यो प्रतिनिधिसभामा प्रस्तुत गरिनेछ।

शिक्षा विधेयक तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको पालामा दफावार छलफलका लागि २०८० असोज २५ गते समितिमा पठाइएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन्। देउवाका प्रमुख स्वकीय सचिव भानु

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाका निर्वाचन क्षेत्रहरूका लागि आफ्ना उम्मेदवार टुङ्ग्याएको छ । साेमबार चक्रपथको एक होटलमा बसेको संसदीय बोर्डको

काठमाडौं – सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने पक्का

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी फागुन २१ को निर्वाचनमा उम्मेदवार चयनमा समावेशी, सन्तुलित र न्यायपूर्ण ढंगले निर्णय