"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित

प्रकाशित मिति :  21 August, 2025 6:26 pm


काठमाडौँ- निजी विद्यालय सञ्चालक, नेपाल शिक्षक महासंघलगायतका सरोकारवालाको आन्दोलनकै बीच बहुप्रतिक्षित विद्यालय शिक्षा विधेयक,२०८० संसदीय समितिबाट पारित भएको छ।

प्रतिनिधिसभाअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले विधेयक पारित गरेको हो।

शिक्षा क्षेत्रलाई व्यवस्थित गर्ने उद्देश्यले ल्याइएको विधेयक सम्बन्धमा लामो समयदेखि विवाद हुँदै आएको थियो। समितिबाट विधेयक पारित भएसँगै अब यो प्रतिनिधिसभामा प्रस्तुत गरिनेछ।

शिक्षा विधेयक तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको पालामा दफावार छलफलका लागि २०८० असोज २५ गते समितिमा पठाइएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको