"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रास्वपा र राप्रपाद्वारा १०० दिनदेखि प्रतिनिधिसभा बैठक बहिष्कार

प्रकाशित मिति :  3 September, 2025 2:56 pm


काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्नुपर्ने माग गर्दै आएको दुवै दलले संसद् बहिष्कार गरेका हुन्।

प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै रास्वपा सांसद हरि ढकाल र राप्रपाका ज्ञानबहादुर शाहीले सम्बोधन गरेका थिए। त्यसपछि दुवै दलका सांसदहरू बैठकबाट बाहिरिएका थिए। दुवै दलले लेखकमाथि छानबिनको माग राखेर दुई महिनाभन्दा बढी समयदेखि संसद् बैठक बहिष्कार गर्दै आएका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको