"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रतिनिधिसभाबाट नागरिकता विधेयक बहुमतले स्वीकृत

प्रकाशित मिति :  3 September, 2025 8:41 pm


काठमाडौँ – नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि राष्ट्रिय सभाबाट आएको संशोधन प्रतिनिधि सभाबाट बहुमतले स्वीकृत गरेको छ।

सभाको बुधबारको बैठकले राष्ट्रिय सभाबाट आएको संशोधनलाई बहुमतले स्वीकृत गरेको हो। यसअघि सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। छलफल सहभागी हुँदै सांसदहरूले विधेयक पास भएपछि नागरिकता प्राप्तिका क्रममा नागरिकले भोग्नुपरेका विद्यमान समस्याहरू हटेर जाने विश्वास व्यक्त गरे।

आमाको नामबाट नागरिकता पाउने व्यवस्थाले पहिचान नभएका तथा बाबुले असहयोग गरेका सन्तानलाई राहत मिल्ने उनीहरूको विश्वास छ। नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले विधेयकलाई महिलाको सम्मानसँग जोड्दै यसको समर्थन गरे। उनले यो विधेयकले नागरिक सम्बन्धी नागरिकले भोग्दै आएका सबै प्रकारका कानूनी अप्ठ्याराहरू अन्त्य गर्ने विश्वास व्यक्त गरे। 

उनले भने, ‘यो विधेयकले राष्ट्रका धेरै समस्याहरूलाई समाधान गर्दैछ। यसका लागि सरकार र मन्त्रीलाई धन्यावाद दिन चाहन्छु। नागरिकता प्राप्तिको अधिकार हुँदाहुँदै पनि त्यो अधिकारबाट बञ्चित नागरिकले यो विधेयक पास भएपछि सहजता महसुस गर्नेछ। आामा र बुबा दुवै नामबाट नागरिकता पाउने विश्वव्यापी मान्यता जुन नेपाल सरकारले पनि अपनाउन सुरू गरेको छ।’

नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले पनि विधेयकको समर्थन गरे। उनले विधेयकले महिलाको सम्मान गरेको बताए। उनले संविधानमा व्यवस्था भए पनि व्यवहारमा लागू नभएका कारण नागरिकले भोग्नुपरेको दुःखको यस विधेयकले अन्त्य गर्ने विश्वस व्यक्त गरे। बालबालिकालाई परिचयपत्र दिने व्यवस्था पनि विधेयकको महत्वपूर्ण विषय भएको उनको भनाइ छ। 

उनले भने, ‘यो विधेयकको सबभन्दा महत्वपूर्ण विषय भनेको महिलाको सम्मान हो। हाम्रो समाजमा रहेको ठूलो समस्याको समाधान यस विधेयकले गरेको छ। यसअघि संविधानमा व्यवस्था भए पनि कानूनमा नलेखिएको भन्दै नागरिकले जुन दुःख पाउने गर्नुभएको थियो। त्यो समस्याको समाधान यो विधेयकले गरेको छ। नाबालकहरूलाई पनि परिचयपत्र दिने जुन विषयवस्तु छ यो पनि महत्वपूर्ण विषय हो। रेकर्ड पनि हुने र पछि समस्या पनि नहुने कुरा स्वागतयोग्य रहेको छ। म यो विधेयकको समर्थन पनि गर्दछु।’

सरकारले आमाको नामबाट नागरिकता दिने व्यवस्था गर्न नागरिकता ऐन संशोधन गर्नको लागि विधेयक ल्याएको हो। विधेयक पास भइसकेपछि बाबुले असहयोग गरेका तथा पहचिान नै नभएका नागरिकले समेत आमाको नामबाट मात्रै पनि नागरिकता पाउनेछन्।

  • न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- प्रतिनिधिसभाको बिहीबारको बैठकमा विपक्षी दलका सांसदहरूले आफूहरूले उठाएका विषयमा सरकारबाट सुनुवाइ नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। बैठकमा विपक्षी दलका

काठमाडौं – सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्ति सच्याउने विषयमा रुलिङ नगरेको भनेर विपक्षी दलहरूले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय