"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेस–एमालेको सरकारले भ्रष्टाचार विरुद्ध केही गर्न सक्दैन : प्रचण्ड

प्रकाशित मिति :  3 September, 2025 9:33 pm


काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध केही पनि गर्न नसक्ने बताएका छन् ।

भ्रष्ट र दलालहरूले कांग्रेस–एमाले गठबन्धन बनाएको आरोप लगाउँदै उनले वर्तमान सरकारले भ्रष्टाचार, बेथिति र अराकजताविरुद्ध केही पनि गर्न नसक्ने बताएका हुन् । दलाल, बिचौलियाहरूले आफू अनुकूल काम गराउन वर्तमान सरकार बनाइएको अध्यक्ष प्रचण्डको जिकिर थियो ।

‘सत्तारुढ कांग्रेस–एमाले गठबन्धन नेताहरुले बनाएको होइन । मलाई कण्ठ थाहा छ–त्यो बिचौलिया, दलालहरूले उनीहरूको घरमा, उनीहरूको होटलमा लगेर उनीहरूको इच्छा अनुसार बनेको सरकार भयो यो । त्यसकारण यो सरकारले भ्रष्टाचारविरुद्ध केही पनि गर्न सक्दैन । यो सरकारले बेथिति र अराजकताका विरुद्ध केही पनि गर्न सक्दैन,’ प्रचण्डले भनेका छन् ।

बुधबार काठमाडौंमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सातौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले सरकार भ्रष्टहरूले बनाएकाले मुलुकमा राम्रो काम गर्ने उपसभामुख इन्दिरा राना, कुलमान घिसिङहरूलाई सरकारले हटाउने काम गरिरहेको दाबी गरे ।आफूले भ्रष्टाचारको विरुद्ध अभियान चलाउँदा सरकारबाट हट्नुपरेको पनि दोहोर्‍याए ।

‘राम्रो काम गर्न खाज्यो हटाउ भन्छ सरकार । राम्रो काम गर्न खोज्यो कुलमान हटाउने । कान्छा राम हटाउने । अलि राम्रो इन्दिरा राना हटाउ । हेर्नुस् त छानीछानी जनजाति हटाउने । छानीछानी राम्रो काम गर्ने मान्छे हटाउने,’ प्रचण्डले भने, ‘अनि आफूलाई फाईदा हुनेगरी बिचौलिया र दलालले भनेजस्ता मान्छे भर्ती गर्ने । यही त अहिले भईराखेको छ । त्यसो भएको हुनाले म तपाईहरुलाई के भन्न चाहन्छु भने यो परिस्थिति हामीले बदल्नु पर्नेछ । अरुले होइन ।’

अध्यक्ष दाहालले मुलुकलाई सही बाटोमा अघि बढाउन प्रत्यक्ष निर्वाचन कार्यकारी राष्ट्रपतीय प्रणाली र समानुपातिक निर्वाचन प्रणाली जरुरी रहेको समेत बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको