"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमालेको दोस्रो विधान महाधिवेशन आजबाट सुरु

प्रकाशित मिति :  5 September, 2025 8:43 am


काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन शुक्रबारबाट ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुँदैछ।प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने विधान महाधिवेशन आइतबारसम्म चल्नेछ। एमालेले २०७८ सालदेखि नीति र नेतृत्व महाधिवेशन अलगअलग गर्ने अभ्यास सुरू गरेको हो।

यो विधान महाधिवेशनले आगामी ११ औं महाधिवेशनका लागि नीति र विधानको तर्जुमा गर्नेछ। शुक्रबार बिहान ११ बजे विधान महाधिवेशनको उद्घाटन हुनेछ। उद्घाटन सत्र सकिएलगत्तै बन्द सत्र आरम्भ हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। उनकाअनुसार शुक्रबारै दस्तावेजहरू प्रस्तुत हुनेछन्। आज पार्टी अध्यक्षसमेत रहेका केपी शर्मा ओली ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन्। 

त्यस्तै केन्द्रीय लेखा, अनुशासन, निर्वाचन र सल्लाहकार परिषदको अलगअलग प्रतिवेदन पनि प्रस्तुत हुनेछन्। शनिबार प्रतिनिधिहरूलाई १० वटा समूहमा विभक्त गरेर दस्तावेजमाथि छलफल गराइनेछ। आइतबार १० वटा समूहका नेताहरूले राजनीतिक प्रतिवेदनमाथि समूहगत सुझाव प्रस्तुत गर्नेछन्। नेतृत्वले त्यसमाथि जवाफ दिएपछि पार्टी केन्द्रीय निर्वाचन आयोगको निर्वाचन प्रक्रिया सुरू हुनेछ।

विधान महाधिवेशनले केन्द्रीय निर्वाचन आयोग निर्वाचित गर्ने एमालेमा परम्परा छ। आगामी महाधिवेशनको नेतृत्व चयन त्यसैले गर्नेछ।निर्वाचन आयोगका पदाधिकारी र सदस्य निर्वाचित गरेपछि समसामयिक प्रस्तावसहित विधान महाधिवेशन सकिनेछ। यो विधान महाधिवेशनमा कुल २३४१ सहभागी छन्। जसमध्ये २०२६ जना प्रतिनिधि हुन् भने ३१५ जना आयोजकको हैसियतमा सहभागी हुनेछन्।

विधान महाधिवेशनलाई एमालेले उच्च प्रविधियुक्त बनाएको छ। प्रतिनिधिहरूलाई डिजिटल कार्डको प्रबन्ध गरिएको छ।
गोदावरी पुग्ने मुख्य सडकका ठाउँठाउँमा स्वागतद्वार निर्माण गरिएको छ। प्रतिनिधिहरूलाई यसपटक आवासको सुविधा छैन। महाधिवेशनस्थलसम्म पुग्नका लागि सवारी साधनको प्रबन्ध भने गरिएको एमालेले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने