"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेसमा आमुल सुधार गरी नेतृत्व बदल्न विकल्प छन् : महामन्त्री थापा

प्रकाशित मिति :  20 September, 2025 10:17 pm


महामन्त्री गगन थापा। फाइल तस्बिर।
महामन्त्री गगन थापा, फाइल तस्बिर।

काठमाडौँ — कांग्रेस महामन्त्री गगन थापाले पार्टीभित्र आमुल सुधारका लागि नियमित वा विशेष महाधिवेशबाट नेतृत्व चयन गर्नुपर्ने बताएका छन् । जेन-जी आन्दोलनले उठाएका मागलाई सम्बोधन गर्न पनि सबैभन्दा पहिला पार्टीमा नेतृत्व परिवर्तन अपरिहार्य रहेको उनको ठहर छ । 

महामन्त्री थापाले शनिबार भिडियो सन्देशमार्फत पार्टीको सान्दर्भिकता जोगाउन र युवापुस्ताको परिवर्तनको आकांक्षालाई सम्बोधन गर्न आफूहरुले तत्काल पार्टीभित्र हस्तक्षेप गर्ने संकेत दिएका छन् । ‘यत्रो उथलपुथल भएको छ, के हामीले पार्टीलाई जस्ताको तस्तै राखेर टिकाउन सक्छौं, यो सम्भव छैन,’ उनले भने ।

थापाले आफू र अर्का महामन्त्रीले सही विषयहरू उठाए पनि तिनलाई टुंगोमा पुर्‍याउन नसकेकोमा आत्मालोचनासमेत गरे । ‘हामीले जहिले पनि सही कुरा उठायौं, तर बीचमै छाड्यौं । यो हाम्रो कमजोरी हो । यो पटक हामी छाड्दैनौं ।’

उनले पार्टीको पुनर्गठन नभए आन्दोलनमा व्यक्त भएको भावना र युवाहरूको अपेक्षा सम्बोधन गर्न नसकिने चेतावनी दिए । थापाले पार्टीको नेतृत्व र नीतिमा आमूल परिवर्तनका लागि तत्काल अधिवेशन गर्नुपर्नेमा जोड दिए । त्यसका लागि नियमित र विशेष अधिवेशन दुई वटा विकल्प रहेको उनको भनाइ छ ।

कांग्रेस सभापति शेरबहादुर देउवासहित सम्पूर्ण पदाधिकारी र केन्द्रीय कार्यसमितिको आगामी मंसिरबाट चार वर्षको कार्यकाल समाप्त हुँदैछ । ‘पहिलो, नयाँ अधिवेशनमार्फत पुराना क्रियाशील सदस्यताको नवीकरण गर्ने, दुई महिनाका लागि नयाँ सदस्यता खोल्ने, विधानका धारा निलम्बन गरी सिधै सभापति चयन गर्ने’ थापाले भने । यो बाटोले पार्टीमा नयाँ र समावेशी नेतृत्व ल्याउन सकिने उनको विश्वास छ। दोस्रो विकल्पका रूपमा पुराना (१४ औं महाधिवेशनका मतदाता) महाधिवेशन प्रतिनिधिबाट विशेष महाधिवेशन गरी नयाँ नेतृत्व चयन गर्ने र पार्टीको नीति, नियम र कमजोरीहरू सुधार्ने गर्ने ।

थापाले २०१४ सालमा पनि विशेष महाधिवेशन भएकाले यसपटक पनि गर्न सकिने बताए । उनले २०१४ सालमा विराटनगरमा सम्पन्न भएको विशेष महाधिवेशनको उदाहरण दिँदै पार्टी पुनर्गठनको सम्भावनालाई प्रस्ट्याए । ‘०१२ सालमा निर्वाचित सुवर्णशमशेरको कमिटीले विशेष महाधिवेशनको निर्णय गर्‍यो । सुवर्णजीले राजीनामा दिएर बाटो खोलिदिनुभयो र २०१४ मा बीपी कोइराला सभापति बन्नुभयो । त्यही नेतृत्वले नेपाली कांग्रेसलाई दुईतिहाइ बहुमतसहितको पार्टी बनायो । आज फेरि त्यस्तै अवसर आएको छ’ भिडियो सन्देशमा थापाले भने ।

उनले विशेष महाधिवेशनले नयाँ नेतृत्वमात्र होइन, पार्टीको नीति र कमजोरी सुधार्ने अवसर पनि प्रदान गर्ने बताए । ‘यो केवल नेतृत्व चयनको कुरा होइन, यो पार्टीको नीति, नियम र कमजोरी सुधार्ने मौका पनि हो । हामीले यो अवसर गुमाउनु हुँदैन’ थापाको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको