"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपतिसमक्ष चार मन्त्रीको पद तथा गोपनीयताको शपथ

प्रकाशित मिति :  22 September, 2025 9:10 pm


शपथ ग्रहण समारोह काठमाडौँ, ६ असोजः राष्ट्रपति कार्यालय, शीतलनिवासमा नवनियुक्त मन्त्रीहरुको पद तथा गोपनीयताको शपथ ग्रहणका लागि सोमबार आयोजित विशेष समारोहमा सहभागी हुनुहुँदै राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलगायत सहभागी हुनुहुँदै । तस्बिरः किरणराज विष्ट÷रासस

काठमाडौँ – सुशीला कार्की नेतृत्वको सरकारमा चार मन्त्री थपिएका छन्। प्रधानमन्त्री कार्कीको सिफारिसमा नियुक्त मन्त्रीहरू अनिलकुमार सिन्हा, डा. महावीर पुन, डा. मदन परियार र जगदीश खरेललाई राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शीतल निवासमा आयोजित समारोहमा शपथ गराएका हुन्।

नवनियुक्त चारै मन्त्री राजनीतिक दलबाहिरका छन्। कानुन, उद्योग तथा भूमिसुधारमन्त्री बनेका सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन्। यसैगरी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त महावीर पुन वैज्ञानिक हुन्। उनले दुर्गम क्षेत्रमा ताररहित इन्टरनेट सेवा विस्तार गरी विश्वमै ख्याति कमाएका छन्। पुन राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख हुन्। कृषिमन्त्री परियार कृषिविज्ञ एवम् सामाजिक अभियन्ता हुन् भने सञ्चार, सूचना तथा प्रविधिमन्त्रीमा नियुक्त भएका खरेल पत्रकार हुन्।

शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित थिए। साथै समारोहमा संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीलगायत उपस्थित थिए।

यसअघि भदौ ३० गते अर्थमन्त्रीमा रामेश्वर खनाल, गृह र कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकासमन्त्रीमा कुलमान घिसिङले राष्ट्रपति पौडेलबाट शपथ लिएका थिए।

मन्त्रीहरूको कार्यविभाजनअनुसार खनालले सामान्य प्रशासन मन्त्रालयको थप जिम्मेवारी पाएका छन् भने अर्यालको भागमा गृह मन्त्रालय मात्रै  परेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनपछि बनेको राजनीतिक परिस्थितिमा भदौ २७ गते कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। शपथ ग्रहणलगत्तै प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेकी थिइन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार