"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगद्धारा मानवीय र भौतिक क्षतिको विवरण संकलन

प्रकाशित मिति :  26 September, 2025 10:18 am


काठमाडौँ- पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले काम थालेको छ। कार्कीसहित आयोगका सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वर भण्डारीले मानवीय र भौतिक क्षतिको विवरण संकलन गर्ने पहिलो निर्णय गरेका हुन्।

आयोगले विभिन्न निकायहरूलाई केन्द्र तोकेर क्षतिको विवरण ती निकायबाट संकलन गर्ने निर्णय गरेको बिहीबार विज्ञप्तिमार्फत जनाएको छ। सर्वोच्च र देशभरका अदालतले सर्वोच्च अदालतमार्फत आयोगलाई विवरण बुझाउनुपर्नेछ। अन्य सरकारी निकायले गृह मन्त्रालयमार्फत विवरण बुझाउनुपर्नेछ।

स्थानीय सरकारका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तोकिएको छ। व्यापारिक प्रतिष्ठान र निजी सम्पत्ति क्षति हुनेले सोझै विवरण पठाउन पाउने विज्ञप्तिमा उल्लेख छ। आयोगले संकलित सूचना इमेल [email protected] पठाउन भनेको छ।

सरकारले जेन–जी आन्दोलन र प्रदर्शनका क्रममा भएको दमन, आगजनी तथा तोडफोडको छानबिन गर्न गत आइतबार कार्कीको नेतृत्वमा उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको थियो। आयोगले जलवायु तथा विज्ञान विभागको भवन, बबरमहलमा आफ्नो कार्यालय स्थापना गरेर काम थालेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको