"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगद्धारा मानवीय र भौतिक क्षतिको विवरण संकलन

प्रकाशित मिति :  26 September, 2025 10:18 am


काठमाडौँ- पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले काम थालेको छ। कार्कीसहित आयोगका सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वर भण्डारीले मानवीय र भौतिक क्षतिको विवरण संकलन गर्ने पहिलो निर्णय गरेका हुन्।

आयोगले विभिन्न निकायहरूलाई केन्द्र तोकेर क्षतिको विवरण ती निकायबाट संकलन गर्ने निर्णय गरेको बिहीबार विज्ञप्तिमार्फत जनाएको छ। सर्वोच्च र देशभरका अदालतले सर्वोच्च अदालतमार्फत आयोगलाई विवरण बुझाउनुपर्नेछ। अन्य सरकारी निकायले गृह मन्त्रालयमार्फत विवरण बुझाउनुपर्नेछ।

स्थानीय सरकारका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तोकिएको छ। व्यापारिक प्रतिष्ठान र निजी सम्पत्ति क्षति हुनेले सोझै विवरण पठाउन पाउने विज्ञप्तिमा उल्लेख छ। आयोगले संकलित सूचना इमेल [email protected] पठाउन भनेको छ।

सरकारले जेन–जी आन्दोलन र प्रदर्शनका क्रममा भएको दमन, आगजनी तथा तोडफोडको छानबिन गर्न गत आइतबार कार्कीको नेतृत्वमा उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको थियो। आयोगले जलवायु तथा विज्ञान विभागको भवन, बबरमहलमा आफ्नो कार्यालय स्थापना गरेर काम थालेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको