"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री लेखकलाई पक्राउ गर्न अभियान

प्रकाशित मिति :  7 October, 2025 9:45 am


काठमाडौँ- जेनजी युवाहरूले भदौ २३ र २४ गतेको घटना हुनुमा प्रमुख जिम्मेवार ठहर गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग राखेर अभियान थालेका छन्।

सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘काउन्सिल अफ जेनजी’ र ‘सुदन गुरुङ हामी नेपाली’ नामबाट ओली र लेखकको तस्बिर राखेर पक्राउ गर्न अभियान चलाइएको हो। तस्बिरमा उनीहरू तीनवटा ह्यासट्याग राखेका छन्।

भ्रष्टाचार अन्त्य र अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै भदौ २३ गते शान्तिपूर्ण आन्दोलनमा भेला भएका जेनजी (नवयुवा) पुस्ताको प्रदर्शनमा सुरक्षाकर्मीले निहत्था सर्वसाधारणमाथि ताकीताकी गोली चलाउँदा १९ जना को जघन्य हत्या गरिएको थियो। दुई दिनसम्म चलेको आन्दोलनमा ७४ जनाको निधन भयो।

संसद् भवन, सर्वोच्च अदालत, मन्त्रिपरिषद् कार्यालयलगायतका सिंहदरबाभित्रका दर्जनौँ मन्त्रालय खरानी भयो। आकोशित नागरिकले देशभरका प्रहरी चौकी, सरकारी कार्यालय र व्यापारिक भवन पनि ध्वस्त बनाइदिए। अर्बौँको क्षति भयो। त्यति बेला प्रधानमन्त्री थिए- केपी शर्मा ओली र गृहमन्त्री थिए रमेश लेखक।


जेनजी अगुवाहरुले क्रमशः दबाबमूलक पोस्ट गरेपछि यो सामाजिक सञ्जालमा भाइरल बन्यो । अघिकांशले यसलाई पछ्याउन खोज्दा सामाजिक सञ्जालमा ट्रेन्डको रुपमा नै चल्यो । यसरी पोस्ट गर्ने सबैको गत भदौ २३ गते जेनजी आन्दोलनमा राज्यको तर्फबाट दमन भएको र धेरै युवा हाताहाती भएको भन्दै तत्कालीन सरकारका प्रतिनिधिलाई पक्राउ गरिनुपर्ने माग छ ।

‘अधिकार माग्न गएका निहत्था विद्यार्थीमाथि जुन दम्भ र अहंकारले गोली दागियो, त्यो तानाशाहीपनको हिसाब हुनु जरूरी छ,’ जेनजी अगुवा रक्षा बमले लेखेकी छन्, ‘मधेश विद्रोह हुँदा दुई चार दाना कुहिएका आँप झरेका हुन भन्ने अभिव्यक्ति दिने, जेनजीको आन्दोलनमा निहत्था कलिला विद्यार्थीहरुमाथि गोली दाग्न आदेश दिने, एक व्यक्ति आज पनि जग हसाउँदै चुट्किला सुनाएर बसिरहेको छ । हत्याराहरूलाई कारबाहीको दायरामा ल्याइयोस् ।’

त्यस्तै, जेनजी अगुवा युजन राजभण्डारीले रक्षा बमको पोस्ट सेयर गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘हरेक गोलीको हिसाब हुनेछ । एरेस्ट केपी ओली ।’

जेनजी अगुवाको रुपमा देखिएका हामी नेपालका संयोजक सुदन गुरुङले पनि तत्कालीन सत्तामा रहेकाहरुलाई एरेस्ट गरेर अनुसन्धान गरिनुपर्ने भन्दै पोस्ट गरेका छन् । सुदन गुरुङले एरेस्ट केपी ओली, रमेश लेखक लेखिएको ग्राफिक्स सेयर गर्दै उनीहरुलाई हत्याराको संज्ञा दिएका छन् । ‘डु अर डाइ फर दी नेसन । लेट दी ट्रेन्ड बिगन…,’ उनले लेखेका छन् ।

यसरी अन्य जेनजी अभियान्ता र सर्वसाधारणले पनि यो ट्रेन्ड पछ्याउँदै गएको देखिन्छ । सबैको तर्गेटमा केपी ओली रहेपनि कतिपयले सँगसँगै तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गर्नुपर्ने भन्दै ह्यासट्याग अभियानमा जोडिएका छन् । टिकटक, फेसबुकजस्ता सामाजिक सञ्जालको अल्गोरिदमले पनि यो खाले कन्टेन्टलाई बल दिइरहेको हुन्छ ।

ह्यासट्याग अभियान चलाइरहेकाहरुका अनुसार जेनजी आन्दोलनको पहिलो दिनको प्रदर्शनमा राज्यले बर्बरतापूर्वक विद्यार्थीहरूको हत्या गरेको भन्दै उक्त घटनाको छानबिन गर्न र तत्कालीन सरकारका प्रतिनिधिलाई पक्राउ गर्न उनीहरूले दबाब दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको