"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

समुन्नत महानगर बनाउने मेरो सपना छ : सिर्जना सिंह

प्रकाशित मिति :  6 May, 2022 5:29 pm


काठमाडौं । सत्ता गठबन्धनबाट काठमाडौं महानगर प्रमुखकी साझा उम्मेदवार सिर्जना सिंहले आफूले जितेमा महानगरलाई सबैको अपनत्व हुने गरी समुन्नत महानगर बनाउने बताएकी छिन् ।

शुक्रबार गठबन्धनले शान्ति बाटिकामा आयोजना गरेको संयुक्त आमसभामा महानगरलाई ‘महाघर’ जस्तो गरी चलाउने बताइन् । ‘कहिले पनि मतदाताको शीर निहुरिन दिन्नँ,’ उनको भनाइ छ, ‘माहनगरलाई महान घर बनाउने छु । म काठमाडौंलाई ‘महाघर’ जस्तो गरेर चलाउँछु ।’

उनले महानगरलाई सबै जातजातिको, सबैलाई सम्मान गर्ने र सबैको अपनत्व महसुस हुने महानगर बनाउने प्रतिवद्धता समेत जनाइन्।

महानगरमा सुशासन कार्यम गर्न, सामुदायिक विद्यालयको अवस्था सुधार गर्ने, सम्पदा संरक्षण गर्ने, हरियाली बढाउने लगायतका आफ्ना एजेन्डा भएको सिंहको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने