"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पुनर्निर्माण र चुनावका लागि बजेट रकमान्तर गर्ने सरकारको निर्णय

प्रकाशित मिति :  10 October, 2025 10:39 pm


काठमाडौँ- सरकारले जेनजी आन्दोलनका क्रममा भएको सार्वजनिक संरचनाको क्षतिको पुनःनिर्माणका साथै निर्वाचनका लागि आवश्यक पर्ने रकम व्यवस्थापन गर्न सीमा कायम नहुने गरी रकमान्तर गर्नेसम्बन्धी आदेश जारी गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा भएको सार्वजनिक संरचनाको क्षतिको पुनःनिर्माणका साथै निर्वाचनका लागि आवश्यक पर्ने रकम व्यवस्थापन गर्न चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमभित्रको आयोजनाका लागि रकमान्तर गरी बजेट थप गर्नुपर्ने भएमा त्यस्तो आयोजनामा रकमान्तरको सीमा कायम नहुने गरी रकमान्तर गर्नेसम्बन्धी आदेश जारी गर्ने निर्णय गरिएको जानकारी दिए।

बैठकले एसियाली बिकास बैंकबाट एकसय मिलियन अमेरिकी डलर बजेटरी सहायताका रुपमा सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने सम्बन्धमा अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको छ।

त्यसैगरी नेपाल न्याय सेवा, न्याय समूह राजपत्राङ्कित प्रथम श्रेणीका आठ जना अधिकृतहरुको सरुवा गर्ने निर्णय पनि गरिएको प्रवक्ता खरेलले बताए।

मन्त्रिपरिषद्ले नेपाली सेनाको सैनिक प्राविधिक सेवा स्वास्थ्य समूहका तीनजना महासेनानीहरुलाई सोही सेवा समूहको सहायक रथी दर्जामा बढुवा गर्ने निर्णय गरेको उनले जानकारी दिए। त्यस्तै राजपत्राङ्कित प्रथम श्रेणीका १५ जना सहसचिवहरुको सरुवा गर्ने, वैकल्पिक वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद समक्ष पेस गर्न स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको