"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेस केन्द्रीय समिति बैठक असोज २८ गते बस्ने

प्रकाशित मिति :  11 October, 2025 10:12 pm


काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज २८ गते बस्ने भएको छ। शनिबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकले तयारी अपुग भएका कारण असोज २६ गते निर्धारित केन्द्रीय कार्यसमितिको बैठक दुई दिन पर सार्ने निर्णय भएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

तीन दिनसम्म बसेको कार्यसम्पादन परामर्श समितिसहितको पदाधिकारी बैठकमा पार्टीको महाधिवेशनका विषयमा एकमत हुन नसकेपछि केन्द्रीय समिति बैठक सारिएको हो।

प्रवक्ता महतले केन्द्रीय समिति बैठकअघि औपचारिक र अनौपचारिक बैठक बसेर महाधिवेशनका विषयमा साझा धारणा बनाउने र केन्द्रीय समितिमा एजेण्डा प्रस्तुत हुने बताए।

छिटो भन्दा छिटो महाधिवेशन गर्नुपर्नेमा सबैको मत भए पनि व्यवहारिक मितिका विषयमा निष्कर्षमा पुग्न बाँकी रहेको उनको भनाइ छ।

त्यस्तै प्रवक्ता महतले कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको मिति तोक्दै पछिल्लो राजनीतिक अवस्थाका बारेमा आवश्यक निर्णय गर्ने जिकिर गरे। उनले सरकारले निर्वाचनको तयारीका विषयमा गम्भीरताका साथ काम नगरेको अनुभव रहेको बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको