"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

जेनजी आन्दोलपछि कांग्रेस सभापति देउवाको सम्बोधन [पूर्णपाठ]

प्रकाशित मिति :  14 October, 2025 3:47 pm


काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशलाई संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन रहेको बताएका छन्।मंगलबार सानेपास्थित पार्टी कार्यालयमा उपस्थित भएका उनले देशलाई संवैधानिक बाटोमा फर्काउने आधार नै निर्वाचन रहेको विश्वास व्यक्त गरे।

तर त्यसका लागि सरकारले निर्वाचनको लागि वातावरण बनाउन सक्नुपर्ने उनले बताए । ‘सरकारले निर्वाचनका लागि वातावरण बनाउन सकेमा देशलाई पुन: संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन हो भन्ने हाम्रो विश्वास छ,’ उनले भने। निर्वाचन गराउनका लागि सरकारले सुरक्षाको सुनिश्चितता समेत गर्नुपर्ने उनले बताए।

‘सुरक्षा निकाय मनोबल गिरेर निरिह भएका छन्। तसर्थ निर्वाचनका लागि शान्ति सुरक्षाको अवस्था सामान्य बनाउने र शान्तिपूर्ण निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ र सबैले स्वत:स्फुर्त निर्वाचनमा भाग लिने अवस्था निर्माण हुन् भन्ने कुराको सुनिश्चिचतता गराउने जिम्मा सरकारको हो,’ उनले भनेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको