"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

जेनजी आन्दोलपछि कांग्रेस सभापति देउवाको सम्बोधन [पूर्णपाठ]

प्रकाशित मिति :  14 October, 2025 3:47 pm


काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशलाई संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन रहेको बताएका छन्।मंगलबार सानेपास्थित पार्टी कार्यालयमा उपस्थित भएका उनले देशलाई संवैधानिक बाटोमा फर्काउने आधार नै निर्वाचन रहेको विश्वास व्यक्त गरे।

तर त्यसका लागि सरकारले निर्वाचनको लागि वातावरण बनाउन सक्नुपर्ने उनले बताए । ‘सरकारले निर्वाचनका लागि वातावरण बनाउन सकेमा देशलाई पुन: संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन हो भन्ने हाम्रो विश्वास छ,’ उनले भने। निर्वाचन गराउनका लागि सरकारले सुरक्षाको सुनिश्चितता समेत गर्नुपर्ने उनले बताए।

‘सुरक्षा निकाय मनोबल गिरेर निरिह भएका छन्। तसर्थ निर्वाचनका लागि शान्ति सुरक्षाको अवस्था सामान्य बनाउने र शान्तिपूर्ण निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ र सबैले स्वत:स्फुर्त निर्वाचनमा भाग लिने अवस्था निर्माण हुन् भन्ने कुराको सुनिश्चिचतता गराउने जिम्मा सरकारको हो,’ उनले भनेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको