"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कार्कीलाई प्रधानमन्त्री सिफारिस गरेको प्रमाण दिन प्रचण्डलाई ओलीको चुनौती

प्रकाशित मिति :  19 October, 2025 5:24 pm


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले प्रधानमन्त्रीको रुपमा सुशीला कार्कीलाई सिफारिस गर्नका लागि लेखिएको पत्र सार्वजनिक गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिएका छन् ।

आइतबार राजधानीमा सम्पादकहरूसँगको छलफलका क्रममा उनले यस्तो चुनौती दिएका हुन् । प्रचण्डले हिजोमात्रै एक सार्वजनिक कार्यक्रममार्फत ओलीले कार्कीलाई प्रधानमन्त्री बनाउन गरेको सिफारिस पत्र आफूले पढेको दाबी गरेका थिए ।

ओलीले भने प्रचण्डलाई चुनौती दिँदै भनेका छन्, ‘मैले त्यही सहमति अनुसार, मैले त्यो भाषामा सिफारिस गरेको थिएँ । परेको बेलामा प्रति त निस्किन्छ । सुशीला कार्कीजीको मैले कतै सिफारिस गरेको छु भने फ्ल्यास गरिदिए हुन्छ । प्रचण्डजीसँग प्रमाण छ भने निकालिदिए हुन्छ त ?’

तर, उनले आफूले देशको परिस्थिति हेरेर राष्ट्रपतिसमक्ष नयाँ सरकारका लागि कामचलाउ प्रधानमन्त्रीको हैसियतमा नयाँ सिफारिस भने गरेको स्वीकारेका छन् ।

उनले राष्ट्रपतिसमक्ष आफूले गरेको सिफारिसको ब्यहोरा समेत सुनाए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको