"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कार्कीलाई प्रधानमन्त्री सिफारिस गरेको प्रमाण दिन प्रचण्डलाई ओलीको चुनौती

प्रकाशित मिति :  19 October, 2025 5:24 pm


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले प्रधानमन्त्रीको रुपमा सुशीला कार्कीलाई सिफारिस गर्नका लागि लेखिएको पत्र सार्वजनिक गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिएका छन् ।

आइतबार राजधानीमा सम्पादकहरूसँगको छलफलका क्रममा उनले यस्तो चुनौती दिएका हुन् । प्रचण्डले हिजोमात्रै एक सार्वजनिक कार्यक्रममार्फत ओलीले कार्कीलाई प्रधानमन्त्री बनाउन गरेको सिफारिस पत्र आफूले पढेको दाबी गरेका थिए ।

ओलीले भने प्रचण्डलाई चुनौती दिँदै भनेका छन्, ‘मैले त्यही सहमति अनुसार, मैले त्यो भाषामा सिफारिस गरेको थिएँ । परेको बेलामा प्रति त निस्किन्छ । सुशीला कार्कीजीको मैले कतै सिफारिस गरेको छु भने फ्ल्यास गरिदिए हुन्छ । प्रचण्डजीसँग प्रमाण छ भने निकालिदिए हुन्छ त ?’

तर, उनले आफूले देशको परिस्थिति हेरेर राष्ट्रपतिसमक्ष नयाँ सरकारका लागि कामचलाउ प्रधानमन्त्रीको हैसियतमा नयाँ सिफारिस भने गरेको स्वीकारेका छन् ।

उनले राष्ट्रपतिसमक्ष आफूले गरेको सिफारिसको ब्यहोरा समेत सुनाए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको