"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मन्त्रिपरिषद् विस्तार : दुई मन्त्रीले लिए शपथ

प्रकाशित मिति :  27 October, 2025 9:09 am


काठमाडौँ- नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीलत निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूले शपथ लिएका हुन्।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा.सुधा शर्मा र बब्लु गुप्तालाई मन्त्री नियुक्त गरेका थिए। शर्माले स्वास्थ्य तथा जनसंख्या मन्त्री र गुप्ताले युवा तथा खेलकुद मन्त्रीको रूपमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको सपथ लिएका हुन्।

उनीहरूसहित खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठ मन्त्रीमा सिफारिस भए पनि अन्तिम समयमा आएर उनीहरूको नाम रोकिएको थियो। प्रधानमन्त्री कार्कीले सुनारलाई श्रम र श्रेष्ठलाई भूमिसुधार मन्त्रीको रूपमा सिफारिस गरेकी थिइन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको