"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मन्त्रिपरिषद् विस्तार : दुई मन्त्रीले लिए शपथ

प्रकाशित मिति :  27 October, 2025 9:09 am


काठमाडौँ- नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीलत निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूले शपथ लिएका हुन्।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा.सुधा शर्मा र बब्लु गुप्तालाई मन्त्री नियुक्त गरेका थिए। शर्माले स्वास्थ्य तथा जनसंख्या मन्त्री र गुप्ताले युवा तथा खेलकुद मन्त्रीको रूपमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको सपथ लिएका हुन्।

उनीहरूसहित खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठ मन्त्रीमा सिफारिस भए पनि अन्तिम समयमा आएर उनीहरूको नाम रोकिएको थियो। प्रधानमन्त्री कार्कीले सुनारलाई श्रम र श्रेष्ठलाई भूमिसुधार मन्त्रीको रूपमा सिफारिस गरेकी थिइन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको