"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

‘कम्युनिस्ट पार्टी नेपाल’ दल दर्ता गर्न विप्लव नेतृत्वले दियो आयोगमा निवेदन

प्रकाशित मिति :  28 October, 2025 3:36 pm


काठमाडौँ- नेत्रविक्रम चन्द ‘विप्लव’ ले निर्वाचन आयाेगमा ‘कम्युनिस्ट पार्टी नेपाल’ नाममा दल दर्ताको निवेदन दिएका छन्। उक्त नाम पार्टीको बैठकबाट अनुमोदन गराइसकेपछि मंगलबार प्रवक्ता खड्गबहादुर विश्वकर्मा, सन्तोष बुढामगर, कर्णजित बुढालगायतका नेताहरूले आयोगमा पुगेर दल दर्ताको निवेदन दिएका हुन्।

प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते तय भएको छ। सो निर्वाचनमा भाग लिनका लागि दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने अन्तिम मिति कात्तिक ३० गतेसम्म निर्धारण गरिएको छ। विप्लव समूहले यही म्यादअघि नै दर्ता निवेदन दिएको हो।

दल दर्ताको निवेदन दिएपछि प्रवक्ता विश्वकर्माले आफ्नो पार्टीले आगामी चुनावमा सहभागी हुने उद्देश्यले निवेदन दिएको जानकारी दिए। उनका अनुसार नेपालका राजनीतिक आन्दोलनहरूमा आफ्नो पार्टीले चुनावमार्फत नयाँ बाटो खोज्दै अघि बढ्नेछ।

अब आयोगले प्राप्त निवेदनको अध्ययन गरी, प्रस्तावित नाम स्वीकृत गर्ने वा नदिने विषयमा निर्णय गर्नेछ। आयोगको निर्णयपछि मात्र उक्त दललाई कानुनी मान्यता प्राप्त हुनेछ। हालसम्म निर्वाचन आयोगमा १२४ दल दर्ता छन्। यससहित १७ नयाँ दलले दर्ताका लागि निवेदन दिएका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको