"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

माघ ११ मा राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्ने सरकारको निर्णय

प्रकाशित मिति :  29 October, 2025 3:59 pm



काठमाडौँ — मन्त्रीपरिषद्ले राष्ट्रिय सभा सदस्यको रिक्त पदपुर्तीका लागि  माघ ११ मा निर्वाचन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । 

त्यस्तै मन्त्रीपरिषद्ले संघीय संसदका पदाधिकारीहरु तथा सदस्यहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७३ को अनुसूची २ मा हेरफेर गर्ने निर्णय पनि गरेको छ । यसमा स्वकिय सचिवालयको दरबन्दी हटाउने निर्णय भएको छ ।

जेन-जी विद्रोहपछि बनेको शुसिला कार्की नेतृत्वको सरकारले आगामी २१ फागुनमा प्रतिनिधसभा निर्वाचन गर्ने म्यान्डेड पाएको छ । जसका लागि निर्वाचन आयोगले ३० असोजमा राजनीतिक दलहरूसँगको छलफल समेत सुरु गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी