"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भ्रष्टाचारविरुद्धको कारबाही र चुनाव सँगै अगाडि बढाउन जेनजी प्रतिनिधिको माग

प्रकाशित मिति :  29 October, 2025 8:27 pm


काठमाडौँ, १२ कात्तिकः प्रधानमन्त्री निवास, बालुवाटारमा निर्वाचनको वातावरण बनाउने पहलस्वरुप मङ्गलबार प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा अन्तरिम सरकार, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय छलफल हुँदै । तस्बिरः प्रदीपराज वन्त/रासस

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको राजनीतिक दल र जेन-जीका प्रतिनिधिबीचको छलफलमा चुनाव र सुशासनका विषयमा छलफल भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको सरकार, राजनीतिक दल र जने-जी प्रतिनिधिबीचको छलफलमा आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको हो । फागुन २१ का लागि घोषणा गरिएको निर्वाचन कसरी सम्पन्न गर्ने र जेन-जीले उठाएका मागलाई कसरी सम्बोधन गर्ने भन्नेबारे छलफल भएको हो ।

प्रधानमन्त्री कार्की र राजनीतिक दलका प्रतिनिधिहरूलाई जेन-जीका प्रतिनिधिले भने चुनावसँगै सुशासन ल्याउनुपर्ने र भ्रष्टाचार अन्त्य गर्नुपर्ने कार्यलाई पनि अगाडि बढाउनुपर्ने बताएका थिए ।

प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार जेन-जी प्रतिनिधिले भनेका थिए, ‘चुनाव चाहिएको छ, गर्नुपर्छ तर चुनाव-चुनाव भनेर मात्र हुँदैन । हाम्रो आन्दोलनको मुख्य माग सुशासन हो । भ्रष्टाचारविरुद्धको कारबाही हो, यी दुवै एजेन्डामा सरकार सँगसँगै अगाडि बढ्नुपर्छ ।’

बालुवाटारमा भएको वार्तामा जेन-जीका तर्फबाट रक्षा बम, जेम्स कार्की, दिवाकर दंगाल, पुरुषोत्तम यादव, मिराज ढुंगाना, अमित खनाल, रिजन रानामगर, सामना घर्ती, मोनिका, उपार्जुन चाम्लिङ, खेम साउँद, भोजविक्रम थापा (सहिद परिवार प्रतिनिधि), अभिषेक श्रेष्ठ (घाइते प्रतिनिधि), विवेक ढकाल, सागर ढकाल सहभागी छन् । प्रधानमन्त्री कार्कीले भने सबै पक्षबीच संवादलाई निरन्तरता दिनुपर्ने बताएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद