"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रतिनिधिसभा विघटन रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

प्रकाशित मिति :  29 October, 2025 8:39 pm


काठमाडौँ – सर्वोच्च अदालतले संसद् विघटन विरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। बुधबार सर्वोच्चको संवैधानिक इजलासले संसद् विघटनविरुद्धको १६ वटा रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

अदालतले विपक्षी बनाइएकाहरूलाई सात दिनभित्र महान्यायाधिवक्ता कार्यालय मार्फत यस विषयमा लिखित जवाफ पेस गर्न आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता सह–रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। रिट निवेदनकर्ताले अन्तरिम आदेश माग गरेको विषयवस्तु समेत रिट निवदेनको अन्तिम सुनुवाइ हुँदा विचार गर्नुपर्ने प्रकृतिको देखिएकाले सबैधानिक इजलासले त्यसलाई अस्वीकार गरेको उनले बताए।

१६ वटा रिटमाथि सबैको आदेशको व्यहोरा एउटै प्रकृतिको रहेको कोइरालाले बताए। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डा. मनोजकुमार शर्माको संवैधानिक इजलासमा बुधबार प्रारम्भिक सुनुवाइ भएको हो। अन्तरिम सरकारका प्रधानमन्त्रीको नियुक्ति र संसद् विघटन बदर एवं संसद् पुन:स्थापना समेतमा परमादेश माग गर्दै सर्वोच्च अदालतमा १६ वटा रिट निवेदन दायर भएका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाका निर्वाचन क्षेत्रहरूका लागि आफ्ना उम्मेदवार टुङ्ग्याएको छ । साेमबार चक्रपथको एक होटलमा बसेको संसदीय बोर्डको

काठमाडौं – सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने पक्का

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी फागुन २१ को निर्वाचनमा उम्मेदवार चयनमा समावेशी, सन्तुलित र न्यायपूर्ण ढंगले निर्णय

काठमाडौँ — महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा तीन थान रिट दर्ता भएका छन् । युवराज सफल, आयुष बडालसहित र