"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

प्रकाशित मिति :  31 October, 2025 8:53 pm


काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ। शुक्रबार सकिएको केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्र, महिन्द्रराय यादव नेतृत्वका नेपाल समाजवादी पार्टीसँग एकता गर्ने निर्णय गरेको नेता जगन्नाथ खतिवडाले जानकारी दिए।

‘केन्द्रीय कमिटी बैठकले एकता गर्ने सर्वसम्मत निर्णय गरेको छ,’ उनले भने। पार्टी एकताबारे थप गृहकार्य गर्ने, मिल्न बाँकी रहेका विषय टुंग्याउने जिम्मा केन्द्रीय कमिटीले सचिवालयलाई दिएको छ। नेताहरूले दिएका जानकारी अनुसार माओवादी केन्द्रसँग नीति र नेतृत्वबारे टुंगो लागिसकेको छ।

बहुपदीय संरचना नराख्ने, पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक र माधवकुमार नेपाल सहसंयोजक रहने उनीहरूको भनाइ छ। नाम नेकपा (समाजवादी) राख्ने सहमति भएको छ। यद्यपि नामबारे छलफल टुंगिसकेको छैन। चुनाव चिह्नबारे पनि छलफल जारी रहेको नेताहरूले बताएका छन्।

पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद रहने, नेपाली विशेषताको समाजवाद अँगाल्ने र दीर्घकालीन वैज्ञानिक समाजवादको बाटामा अघि बढ्ने बाटो तय गरिएको नेताहरूले बताएका छन्।

सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, स्थायी कमिटी सदस्यहरू रामकुमारी झाक्री, जीवनराम श्रेष्ठ, विजय पौडेलसहित कम्तीमा १४ नेता एकीकरण प्रक्रियामा सामेल नहुने बताइसकेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको