"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

प्रकाशित मिति :  31 October, 2025 8:53 pm


काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ। शुक्रबार सकिएको केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्र, महिन्द्रराय यादव नेतृत्वका नेपाल समाजवादी पार्टीसँग एकता गर्ने निर्णय गरेको नेता जगन्नाथ खतिवडाले जानकारी दिए।

‘केन्द्रीय कमिटी बैठकले एकता गर्ने सर्वसम्मत निर्णय गरेको छ,’ उनले भने। पार्टी एकताबारे थप गृहकार्य गर्ने, मिल्न बाँकी रहेका विषय टुंग्याउने जिम्मा केन्द्रीय कमिटीले सचिवालयलाई दिएको छ। नेताहरूले दिएका जानकारी अनुसार माओवादी केन्द्रसँग नीति र नेतृत्वबारे टुंगो लागिसकेको छ।

बहुपदीय संरचना नराख्ने, पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक र माधवकुमार नेपाल सहसंयोजक रहने उनीहरूको भनाइ छ। नाम नेकपा (समाजवादी) राख्ने सहमति भएको छ। यद्यपि नामबारे छलफल टुंगिसकेको छैन। चुनाव चिह्नबारे पनि छलफल जारी रहेको नेताहरूले बताएका छन्।

पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद रहने, नेपाली विशेषताको समाजवाद अँगाल्ने र दीर्घकालीन वैज्ञानिक समाजवादको बाटामा अघि बढ्ने बाटो तय गरिएको नेताहरूले बताएका छन्।

सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, स्थायी कमिटी सदस्यहरू रामकुमारी झाक्री, जीवनराम श्रेष्ठ, विजय पौडेलसहित कम्तीमा १४ नेता एकीकरण प्रक्रियामा सामेल नहुने बताइसकेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको