"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रचण्डको अभिव्यक्तिप्रति निर्वाचन आयोगको छानबिन

प्रकाशित मिति :  8 May, 2022 6:35 pm


काठमाडौं । भरतपुर महानगरपालिकामा रेनु दाहाल निर्वाचित नभए देश दुर्घटनामा जान्छ भन्ने पुष्पकमल दाहालको अभिव्यक्तिप्रति निर्वाचन आयोगले जाँचबुझ थालेको छ ।

प्रचण्डको भनाइबारे प्रमुख प्रतिपक्षी दल एमालेले प्रश्न उठाउनुका साथै उजुरीसमेत परेपछि आयोगले आन्तरिक रुपमा छानविन थालेको हो ।

‘आफ्नो दलको उम्मेदवार निर्वाचित नभए देश दुर्घटनामा जान्छ भन्ने अभिव्यक्ति प्रत्यक्षरपरोक्ष रुपमा धम्की हो भन्ने देखिन्छ । मतदाताहरुलाई यसरी धम्क्याउनु आचारसंहिता विपरीत हो भनेर उजुरी परेको छ’ आयोगस्रोतले भन्यो, ‘हाम्रो टोलीले प्रमाण जुटाई अनुसन्धान थालेको छ । सरसर्ती हेर्दा यस्तो अभिव्यक्ति स्वभाविक देखिँदैन । अध्ययन गरेर बेलुकीसम्म केही निष्कर्षमा पुग्छौं ।’

दाहालले भरतपुरमा भएको सत्ताधारी गठबन्धनको निर्वाचन सभामा आफ्नी छोरीसमेत रहेकी माओवादी केन्द्रकी उम्मेदवार दाहाल निर्वाचित नभए देश दुर्घटनामा जाने चेतावनी दिएका थिए ।

उनको त्यो चेतावनीको चौतर्फी आलोचना भएको थियो । मतदातालाई धम्क्याएको र भयरहित निर्वाचनको वातावरण विथोलेको भन्दै उनी विरुद्ध उजुरी परेको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने