"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेस केन्द्रीय समितिको बैठक मंगलवारसम्मका लागि स्थगित

प्रकाशित मिति :  2 November, 2025 4:59 pm


काठमाडौँ — महाधिवेशनको कार्यतालिकाका विषयमा सहमति जुटाउन कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अहिले धोबीघाटमा जारी छ । कार्यतालिकामा साझा धारणा बन्न नसकेपछि कार्यवाहक सभापति खडकाले केन्द्रीय कार्यसमितिका बैठक थप दुई दिन स्थगित गरेर कार्यसम्पादन समितिको बैठक राखेका हुन् । 

शीर्ष नेताहरू सहभागी रहेको कार्यसम्पादन समितिमा पनि पार्टीको १५औं महाधिवेशन निर्वाचन अगाडि गराउने कि पछाडि गर्ने भन्ने विषयमा मतान्तर कायमै छ ।

शनिबारको पदाधिकारी बैठकमा महामन्त्री गगन थापालाई कार्यतालिका प्रस्तुत गर्न दिने विषयमा सकारात्मक भएको थियो । थापाले पुस १६–१९ मा केन्द्रीय महाधिवेशन गर्नेगरी नै कार्यतालिका प्रस्तुत गर्ने तयारीमा थिए । तर, आइतबार बिहान संस्थापनपक्षका नेताहरू निर्वाचन अगाडिको महाधिवेशनमा जानै नसकिने अडान राखेका थिए ।

थापाले पुसमा १६–१९ को कार्यतालिका प्रस्तुत गरेमा संस्थापनपक्षबाट समेत सहमहामन्त्री महेन्द्र यादवले वैशाखमा केन्द्रीय महाधिवेशन गर्नेगरी काउन्टरमा अर्को कार्यतालिकाको तयारी गरेका थिए । संस्थापन पक्षमा रहेका सात पूर्व पदाधिकारीहरू नै निर्वाचन अगाडि कुनै पनि हालतमा महाधिवेशन गराउने पक्षमा देखिएका छैनन् । उनीहरूको जोडले अघिल्लो दिन बनिसकेको सहमति भत्किएको एक केन्द्रीय सदस्यले बताए ।

धोबीघाटमा बसीरहेको कार्यम्पादन समितिको बैठकमा संस्थापनपक्षले वैशाखमा केन्द्रीय महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याउनुपर्ने अडान राखिरहेको छ भने इतरपक्षले पुस १६–१९ को कार्यतालिको प्रस्ताव गरिरहेको छ । मध्यमार्गी धारमा रहेका नेता शेखर कोइरालाले पुस १६–१९ को कार्यतालिकामा सहमति गराउनका लागि विदेशमा रहेका पार्टीका सभापति शेरबहादुर देउवासँग टेलिफोन परामर्शसमेत गरेका थिए ।

शनिबार देउवासँग परामर्श गरेको उनको सचिवालयले जनाएको छ । ‘देउवासँग कुराकानी भएपछि केही सकारात्मक माहोल भएको थियो । आज पुस मध्यभित्र नै महाधिवेशन गराउने गरी कार्यतालिका प्रस्तुत हुने आशामा थियौं,’ इतरपक्षका एक नेताले भने,‘हिजो सकारात्मक देखिएका नेताहरूसमेत आज कडा रूपमा प्रस्तुत भएपछि स्थिति बिग्रेको हो ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको