"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गगन थापाको प्रस्ताव : पुस १६ देखि १९ सम्म नियमित महाधिवेशन

प्रकाशित मिति :  4 November, 2025 4:06 pm


काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५औं महाधिवेशन पुस १६ देखि १९ गतेसम्म गर्ने प्रस्ताव गरेका छन्। केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा उनले सो मितिमा महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेका हुन्।

यसअघि सोमबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले भने आगामी वैशाख २५ देखि २८ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव अघि सारेको थियो।

संस्थापन इतर नेताहरूले प्रतिनिधिसभा निर्वाचनअघि नियमित वा विशेष महाधिवेशन बोलाउनुपर्ने माग गर्दै आएका छन्। उनीहरूले विशेष महाधिवेशन आह्वानको समर्थनमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइसकेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको हो।

काठमाडौँ — जेन-जी आन्दोलनपछि उत्पन्न परिस्थितिका क्रममा तोडफोड र आगजनीबाट क्षति भोगेको सर्वोच्च अदालतका सम्पूर्ण सेवा मंसिर १ देखि सञ्चालनमा आउने

काठमाडौँ – नेकपा (एमाले) को आसन्न ११ औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरू कुन क्षेत्रबाट कति जनाले प्रतिनिधित्व गर्छन् भन्ने विषय

काठमाडौं – नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले निरंकुश बन्दै गएको सत्तालाई जेन–जीको बलिदानले खरानी बनाइदिएको बताएका छन्। सर्वपक्षीय अन्तरिम सरकारको