"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मंसिर १ देखि सर्वोच्च अदालतको सबै सेवा नियमित रुपमा सञ्चालन हुने तयारी

प्रकाशित मिति :  7 November, 2025 4:05 pm


काठमाडौँ — जेन-जी आन्दोलनपछि उत्पन्न परिस्थितिका क्रममा तोडफोड र आगजनीबाट क्षति भोगेको सर्वोच्च अदालतका सम्पूर्ण सेवा मंसिर १ देखि सञ्चालनमा आउने भएको छ ।

सर्वोच्चले सूचना जारी गर्दै मंसिर १ देखि सबै खालका मुद्दाको सुनुवाइ जानकारी दिएको हो । २४ भदौको प्रदर्शनका क्रममा सर्वोच्च पूर्ण रुपमा जलेको थियो । आगजनी, ढुङ्गामुडा, तोडफोड र लुटपाटसमेतका कारणबाट यस अदालतको अधिकांश भौतिक संरचना, इजलास, चालु मुद्दा तथा सूचना प्रणालीसमेतमा क्षति पुगेको थियो ।

बन्दीप्रत्यक्षीकरण सहित सबै प्रकारका रिट निवेदन, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ र १५५ र मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ का निवेदनहरू मात्र दर्ता एवम् सुनुवाइ हुँदै आएको थियो ।

२० गते बसेको फुलकोर्टले मंसिर १ देखि मुद्दा, पुनरावेदनपत्र, दोहोऱ्याइपाऊँको निवेदन तथा पुनरावलोकनको निवेदनसमेतका सबै प्रकारका मुद्दा तथा निवेदन नियमित रूपमा दर्ता एवम् सुनुवाइ हुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने