"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त, सुरेन्द्र लाभ सिफारिस

प्रकाशित मिति :  10 November, 2025 9:53 pm


काठमाडौँ- सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको हो।

बैठकले मधेश प्रदेशको प्रदेश प्रमुखमा प्राध्यापक डा.सुरेन्द्र लाभलाई सिफारिस गरेको छ। अर्थशास्त्रमा विद्यावारिधी गरेका लाभ राजनीतिमा दख्खल राख्ने गरेका छन्। उनी राष्ट्रिय योजना आयोगका पूर्वसदस्यसमेत हुन्।

सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त गरी लाभलाई सिफारिस गरेको जानकारी दिए।

बर्दिवासको होटलमा सोमबार बिहान चार बजे मधेश प्रदेश नेकपा एमाले संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि उनी विवादमा मुछिएकी थिइन्।

संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री नियुक्त गर्ने विकल्प छँदाछँदै उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दल एमाले संसदीय दलका नेता यादवलाई उनले मुख्यमन्त्री नियुक्त गरेपछि अन्य दलहरू विरोधमा उत्रिएको थियो।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले भण्डारीलाई २०८० फागुन २८ मा मधेश प्रदेशको प्रदेश प्रमुख सिफारिस गरेको थियो। उनले चैत ५ मा पदभार ग्रहण गरेकी थिइन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने