"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मंसिर २७ गते विशेष महाधिवेशन गर्ने महामन्त्री गगनको प्रस्ताव

प्रकाशित मिति :  13 November, 2025 8:42 pm


काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशन नगरी चुनावमा जानु भनेको गल्ती स्वीकार नगरी जनादेश माग्न जानु रहेको बताएका छन्। पार्टीको जारी केन्द्रीय समिति बैठकमा बिहीबार आफ्नो धारणा राख्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।

महाधिवेशन नगरी चुनावमा गए जनताले साथ नदिने उनको भनाइ छ। ‘अधिवेशनबाट नेपाली कांग्रेस नयाँ भएर आउँछ, नयाँ पुस्ताको मागअनुसार आफूलाई बदल्छ,’ थापाले भने,‘अधिवेशन नगरी जानु भनेको गल्ती कमजोरी नस्वीकारी जनादेश माग्न जानु हो। यस्तो अवस्थामा जनताले हामीलाई साथ दिँदैनन्।’

उनले कांग्रेसको चरित्र अन्य पार्टीजस्तो उत्तेजना फैलाउने नभई सम्हाल्ने रहेको जिकिर गरे। महामन्त्री थापाले नियमित महाअधिवेशनको अध्याय बन्द भएको भन्दै अब विशेष महाधिवेशन हुने दाबी गरे।

‘मैले नियमित अधिवेशन गर्न सकिन्छ भने, तपाईँहरू सबैले सदस्यताका कारण देखाएर पन्छिनुभयो। त्यसैले अब निमित महाधिवेशनको अध्याय बन्द भयो। अब मंसिर २७ गते विशेष महाधिवेशन हुन्छ,’ उनले भने।

थापाले भदौ २३ गतेको घटना हुँदा कांग्रेस पनि सरकारमा रहेकोले आफ्नो भागमा परेको जिम्मा लिन तयार रहेको उल्लेख गरे। उनले भने,‘भदौ २३ को घटना हुँदा मेरो पार्टी पनि सरकारमै थियो। मेरो पार्टी सरकारमै भएको कारण मेरो भागमा परेको जिम्मा म लिन्छु।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको