"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मतदाता नामावलीको थपियो म्याद

प्रकाशित मिति :  14 November, 2025 8:46 pm


काठमाडौँ- मतदाता नामावलीको म्याद मंसिर ५ गतेसम्मका लागि थपिएको छ। मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक कार्यमा देखिएको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै अवधि थप गरिएको निर्वाचन आयोगले जनाएको छ।

आज (शुक्रबार) प्रधानमन्त्री सुशीला कार्कीले पनि म्याद थपका लागि आयोगलाई अनुरोध गरेकी थिइन्। आयोगका अनुसार कात्तिक २७ गतेसम्म २ लाख ५७ हजार ५०५ नयाँ मतदाताले नाम दर्ता गराएका छन्।

थप गरिएको अवधिमा मतदाता नामावलीमा नाम दर्ता गराउन राष्ट्रिय परिचय पत्र प्रयोग गरेर वा साविकमा प्रयोगमा रहेको प्रि रजिस्ट्रेसन सिस्टममार्फत आवेदन गर्न सकिने आयोगले जनाएको छ। प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गतेका लागि तोकिएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको