"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रतिनिधिसभा निर्वाचन : १२२ दल दर्ता, सात दल खारेज

प्रकाशित मिति :  16 November, 2025 9:35 pm


काठमाडौँ- निर्वाचनमा आयोगमा एक सय २२ वटा राजनीतिक दल दर्ता भएका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आइतबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन्।

उनका अनुसार निर्वाचन घोषणाका दिन एक सय २२ वटा राजनीतिक दल दर्ता थियो भने अहिले पनि सोही संख्या दल दर्ता भएका छन्। यस अवधिमा सातवटा दल खारेज भएका छन् भने सातवटा नयाँ दलले प्रमाणपत्र पाएका छन्।

यसैगरी २८ वटा दल दर्ता प्रक्रियामा रहेको भट्टराईले जानकारी दिए। उनले भने, ‘ती दलका हकमा कानुनबमोजिम कागजपत्र माग्ने र सनाखत गर्ने प्रक्रिया अघि बढेको छ।’

भदौ २७ गते प्रतिनिधिसभा विघटन भई नयाँ निर्वाचन मिति घोषणा भएको थियो। भट्टराईका अनुसार त्यस दिनसम्म आयोगमा दर्ता भएका दलको संख्या १२२ थियो। आयोगले फागुन २१ गतेका लागि घोषित निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको हो। सोहीअनुसार आइतबार दल दर्ताका लागि अन्तिम दिन हो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको