"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रतिनिधिसभा निर्वाचन : १२२ दल दर्ता, सात दल खारेज

प्रकाशित मिति :  16 November, 2025 9:35 pm


काठमाडौँ- निर्वाचनमा आयोगमा एक सय २२ वटा राजनीतिक दल दर्ता भएका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आइतबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन्।

उनका अनुसार निर्वाचन घोषणाका दिन एक सय २२ वटा राजनीतिक दल दर्ता थियो भने अहिले पनि सोही संख्या दल दर्ता भएका छन्। यस अवधिमा सातवटा दल खारेज भएका छन् भने सातवटा नयाँ दलले प्रमाणपत्र पाएका छन्।

यसैगरी २८ वटा दल दर्ता प्रक्रियामा रहेको भट्टराईले जानकारी दिए। उनले भने, ‘ती दलका हकमा कानुनबमोजिम कागजपत्र माग्ने र सनाखत गर्ने प्रक्रिया अघि बढेको छ।’

भदौ २७ गते प्रतिनिधिसभा विघटन भई नयाँ निर्वाचन मिति घोषणा भएको थियो। भट्टराईका अनुसार त्यस दिनसम्म आयोगमा दर्ता भएका दलको संख्या १२२ थियो। आयोगले फागुन २१ गतेका लागि घोषित निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको हो। सोहीअनुसार आइतबार दल दर्ताका लागि अन्तिम दिन हो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको