"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमालेले भृकुटीमण्डपमा वृहत जनसभा गर्दै

प्रकाशित मिति :  22 November, 2025 1:43 pm


काठमाडौं – नेकपा एमालेले आज भृकुटीमण्डपमा वृहत जनसभा आयोजना गरेको छ । ‘संविधान र लोकतन्त्रको रक्षा हाम्रो साझा जिम्मेवारी !’ भन्ने नाराका साथ जनसभाको आयोजना गरिएको हो ।

जनसभाको आयोजना बागमती प्रदेश कमिटीले गरेको हो । प्रदर्शनसहित जनसभा हुने एमालेले जनाएको छ । जनसभालाई शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जनसभाअघि जुलुससहित एमाले नेता-कार्यकर्ता भृकुटीमण्डप पुग्नेछन् ।

एमालेको जनसभालाई मध्ये नजर गर्दै काठमाडौंमा बाक्लो मात्रामा सुरक्षाकर्मी खटाइएको छ । एमालेले शुक्रबार मात्रै भोलेन्टिएर फोर्स घोषणा गरेको थियो । जसको संयोजक पुष्पराज श्रेष्ठलाई तोकिएको छ ।

प्रदर्शनको तयारी पूरा भएको एमाले बागमती प्रदेश कमिटीले जनाएको छ । जुलुससहित भृकुटीमण्डप पुगेपछि केही समयपछि सभा सुरु हुनेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको