"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रगतिशील लोकतान्त्रिक पार्टी एकता घोषणा

प्रकाशित मिति :  23 November, 2025 8:29 pm


काठमाडौँ — माओवादीका पूर्वउपमहासचिव जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वप्रमुख सचेतक सन्तोष परियार र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक दुर्गा सोब पक्षले प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरेका छन् । 

‘प्रगतिशील, देशभक्त, समाजवादी’ शक्तिहरु मिलेर पार्टी गठन गरेका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका बाबुराम भट्टराई, माओवादीका पूर्वउपमहासचिव शर्मा र रास्वपा नेता परियारबीच एकता भई गैरकम्युनिस्ट पार्टी निर्माण बनेको हो ।

भट्टराईले झन्डा उठाउँदै पार्टी घोषणा गरेका हुन् । घोषणसभालाई सम्बोधन गर्द शर्माले माओवादले आफ्नो क्रान्तिकारी छवि बनाउन नसक्दा भ्रष्टाचारमा फसेको बताए । ‘विगतमा माओवादी सत्ताको वरिपरि रह्यो । नेताहरुले सामाजिक उत्पीडन अन्त्य गर्न असफल भए । व्यक्तिगत स्वार्थपूर्तिका लागि पार्टीहरुले अवसर गुमाए,’ उनले भने, ‘देशमा चरम भ्रष्टाचार, परिवारवाद, सत्ताका लागि म्युजिकल चेयरका कारण निराशा पैदा भयो र जेन-जी आन्दोलन भयो ।’

शर्माले मौलिकतासहितको समाजवादी पार्टी बनाउने बताए । ‘नेपाली विशेषताको समाजवाद निर्माण गर्ने पार्टीको मार्गदर्शक सिद्धान्त हुनेछ,’ उनले भने ।

नेता परियारले विचार विधिको विकास गर्न नयाँ पार्टी घोषणा गरेको बताए । ‘हामीले विचारमा काम गर्नुपर्नेछ । प्रगतिशीलहरु राष्ट्र बचाउन एक ठाउँमा आउनुपर्छ । विचार निरन्तर छलफलपछि विकास गर्न सकिन्छ,’ उनले भने, ‘विचारबिनाको राजनीतिक संगठन भिड मात्र हुनेछ । ज्ञान उत्पादनमा काम गरेनौं भने फगत भिड मात्र हुनेछौं ।’

संयोजक सोबले विगतका गल्ती सच्याएर अघि जाने बताइन् । ‘विगतको गल्ती गर्ने छुट छैन । कमजोर लोकतान्त्रिबक व्यवस्थासँग लडेर तीव्र आर्थिक विकास ल्याउनुपर्छ । आदिवासी जनजाति, दलित, महिला पिछडिएका क्षेत्रको ोसमानुपातिक समावेशी अहिले पनि पूरा भएको छैन,’ उनले भनिन्, ‘नयाँ आवश्यकताका आधारमा नयाँ समाजवादी व्यवस्था स्थापना गर्न लागेका छौं ।’

प्रगतिशील अभियानका संयोजक सुदन किराँतीले बोलीलाई व्यवहारमा उतार्ने पार्टी बनाउने प्रतिबद्धता जनाए । ‘समस्या समाधान गर्ने विचार विधिसहितको पार्टी निर्माण गर्न खोजेका हौं । यो नयाँ ऐतिहासकि कोशेढुंगा हो,’ उनले भने, ‘देश र जनताको समस्या समाधान गर्न बोलीलाई व्यवहारमा लागू गर्न चाहन्छौं ।’

पार्टीको संरक्षकमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई रहनेछन् । पार्टीको सामूहिक नेतृत्व युवा, महिलासहित समावेशी बनाउने विधान मस्यौदामा छ । पार्टीको चुनाव चिह्न भने आँखा रहनेछ । यो दल दुर्गा सोबको नाममा निर्वाचन आयोगमा दर्ता भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको