"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमालेले अबदेखि संसद अवरोध नगर्ने

प्रकाशित मिति :  18 May, 2022 7:44 am


काठमाडौँ । नेकपा एमालेले संसदको अवरोध हटाएको छ। एमालेले २०७८ साल भदौ २३ गतेदेखि सुरु गरेको संसदको अवरोध अन्त्य गरेको हो। एमालेले झण्डै ९ महिनापछि संसदको अवरोध खुलाएको हो। एमालेले नेपालको इतिहासमै सबैभन्दा धेरै दिन अर्थात् १४३ दिनसम्म संसदको बैठक अवरोध गरेको थियो।एमालेले आफ्नो पार्टी विभाजन गर्न अध्यादेश ल्याइएको र सभामखुले आफ्नो पार्टीले कारवाहीका लागि सिफारिस गरेका सांसदहरुलाई नहटाएको दाबी गर्दै लामो समय वेल घेराउ र नाराबाजी गर्दै विरोध गर्दै आएको थियो।

अवरोध अन्त्य गरेपछि संसदको रोष्टमबाट बोल्दै एमाले सांसद प्रदीप ज्ञवालीले मुलुकको राजनीति फरक कोर्समा गइसकेको उल्लेख गर्दै संसदमा अवरोध र विरोध फरक ढंगले गर्ने बताए।

ज्ञवालीले निर्वाचनमा जनताले उचित ढंगले फैसला गरेको टिप्पणी समेत गरेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने