"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पति विवरण सार्वजनिक किन भएन ?

प्रकाशित मिति :  25 November, 2025 7:38 pm


काठमाडौं – सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललेले प्रधानमन्त्री र मन्त्रीहरूले सम्पति विवरण सार्वजनिक गरिसकेको बताएका छन् । त्यसलाई सार्वजनिक गर्ने वा नगर्ने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवश्यक निर्णय लिने उनको जवाफ छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा पत्रकारहरूले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण किन सार्वजनिक गरिएन भनेर सोधेका थिए ।जवाफमा मन्त्री खरेलले सम्पत्ति विवरण प्रक्रियामै रहेको दिए ।

‘सम्पति विवरण हामीले ६० दिनभित्र बुझाउनुपर्ने रहेछ। त्यसअनुसार प्रधानमन्त्री र मन्त्रीहरू हामीले सम्पति विवरण बुझाइसकेका छौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाइएको छ’ उनले भने, ‘प्रक्रियामै भएकोले सम्भवत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवश्यक निर्णय लिन्छ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले सुशासन र दिगो समृद्धिको आधार नै स्वजागरण भएको बताएकी छिन् । बुधबार आयोजित सुशासन र

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट १७ चुनाव चिह्नका (एकलसहित) १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जारी हुने निर्वाचन आचारसंहिताबारे शुक्रबार जानकारी गराइएको छ। निर्वाचन