"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पति विवरण सार्वजनिक किन भएन ?

प्रकाशित मिति :  25 November, 2025 7:38 pm


काठमाडौं – सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललेले प्रधानमन्त्री र मन्त्रीहरूले सम्पति विवरण सार्वजनिक गरिसकेको बताएका छन् । त्यसलाई सार्वजनिक गर्ने वा नगर्ने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवश्यक निर्णय लिने उनको जवाफ छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा पत्रकारहरूले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण किन सार्वजनिक गरिएन भनेर सोधेका थिए ।जवाफमा मन्त्री खरेलले सम्पत्ति विवरण प्रक्रियामै रहेको दिए ।

‘सम्पति विवरण हामीले ६० दिनभित्र बुझाउनुपर्ने रहेछ। त्यसअनुसार प्रधानमन्त्री र मन्त्रीहरू हामीले सम्पति विवरण बुझाइसकेका छौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाइएको छ’ उनले भने, ‘प्रक्रियामै भएकोले सम्भवत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवश्यक निर्णय लिन्छ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद