"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री सबैतिर कुलपति रहन सम्भव हुँदैन : प्रधानमन्त्री कार्की

प्रकाशित मिति :  26 November, 2025 2:59 pm


काठमाडौँ — प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति सुशीला कार्कीले विश्वविद्यालयपिच्छे प्रधानमन्त्री कुलपति रहन सम्भव नरहेको बताएकी छिन् । बुधबार त्रिवि सभा बैठकलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयको कुलपतिबाट प्रधानमन्त्रीलाई हटाउनुपर्ने  बताएकी हुन् ।

त्यसका लागि शिक्षा विज्ञान तथा प्रविधि न्त्री महावीर पुनले काम गरिरहेको उनको भनाइ थियो । ‘१७ वटा विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुँदा रहेछन् । विश्वविद्यालयपिच्छे प्रधानमन्त्री कुलपति हुन साध्य पनि छैन । राजनीतिक व्यक्तिलाई कुलपति बनाउनु ठीक पनि होइन,’ उनले भनिन् । विश्वविद्यालय सभाले नै कुलपति छनोट गर्नुपर्ने प्रधानमन्त्री कार्कीले बताइन् । ‘प्रधानमन्त्री डोकोभरी कुलपतिको भारी/जिम्मेवारी बोकेर हिँडेर हुँदैन । भर्खर रोपेका बेला बिरुवालाई पानी हाल्ने हो । हुर्केपछि आफैं बढ्छ,’ उनले भनिन् ।

अहिलेसम्म प्रधानमन्त्री कुलपति भए पनि अब आवश्यक नरहेको प्रधानमन्त्री कार्कीको तर्क थियो । ‘सरकारले विश्वविद्यालयलाई हेर्नुपर्छ । तर नीति, नियम कानुन बनाउन हस्तक्षेप गर्नु हुँदैन,’ उनले भनिन्, ‘राजनीतिक व्यक्तिकै कारण असारमा पास हुनुपर्ने नीति तथा कार्यक्रम अहिलेसम्म पारित नभएको रहेछ ।’

त्रिवि सभाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित गरेको थियो । प्रधानमन्त्री कार्कीले विश्वविद्यालयले स्वआर्जन गर्नेतर्फ पनि सोच्नु पर्ने सुझाव दिइन् । ‘सधैँ सरकारको मात्र आश गरेर हुँदैन । शैक्षिक कार्यक्रमहरू त्यसैअनुसार बनाएर पनि विश्वविद्यालयले आर्जन गर्न सक्छ । शिक्षक, विद्यार्थी मिलेर विश्वविद्यालयमा नै कमाइ गर्न सक्छन्,’ उनले भनिन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद