"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

१ सय ३९ राजनीतिक दल दर्ता, कस्ता छन् नयाँ दल र नेतृत्व ? [सुचि सहित]

प्रकाशित मिति :  28 November, 2025 2:17 pm


काठमाडौँ — निर्वाचन आयोगमा विधिवत दर्ता भएका राजनीतिक दलहरूको संख्या १ सय ३९ पुगेको छ । पछिल्लो एक महिनामा २१ वटा नयाँ राजनीतिक दल थपिएका छन् । 

आयोगमा सूचीबद्ध भएका दलहरूमध्ये प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धाका लागि १ सय ८ वटा राजनीतिक दलले पुनः दल दर्ता गराएका छन् ।

निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय आइतबारसम्म तोकिएको छ । थप केही नयाँ दलको दर्ता प्रक्रिया अन्तिम चरणमा छन् । ती दर्ता भएर निर्वाचनमा भाग लिने गरी पुनः दर्ता गराएमा २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिने दलहरूको संख्या अझै थपिने छ ।

पछिल्लो एक महिना यता दर्ता भएका नयाँ दल र तिनको नेतृत्वको नाम

  • १. श्रम संस्कृति पार्टी(हर्क राज राई)
  • २. गतिशील लोकतान्त्रिक पार्टी(दिनेशराज प्रसाईं)
  • ३. नागरिक उन्मुक्ति पार्टी, नेपाल (कविर सोब)
  • ४. राष्ट्रिय परिवर्तन पार्टी (राजेश पोर्तेल)
  • ५. राष्ट्रिय जनमत पार्टी (रियाज अहमद शेष)
  • ६. नेपाल कम्युनिस्ट पार्टी(माओवादी)– नेत्रविक्रम चन्द
  • ७. राष्ट्र निर्माण दल नेपाल (अकबर खान)
  • ८. राष्ट्रिय ऊर्जाशील पार्टी, नेपाल (योगेन्द्र मण्डल)
  • ९. पिपुल फर्स्ट पार्टी (प्रशान्त सिंह)
  • १०. उज्यालो नेपाल पार्टी ( अनुपकुमार उपाध्याय)
  • ११. स्वाभिमान पार्टी (सत्यमानकुमार सिंह)
  • १२. हाम्रो पार्टी नेपाल (खगेन्द्र सुनार)
  • १३. नागरिक सर्वोच्चता पार्टी नेपाल (रत्नप्रसाद श्रेष्ठ)
  • १४.जनादेश पार्टी नेपाल (रमणकुमार कर्ण)
  • १५. सार्वभौम नागरिक पार्टी (गणेशकुमार मण्डल)
  • १६. नागरिक सेवा पार्टी (श्रेया केसी)
  • १७. प्रगतिशील नागरिक पार्टी (सविन सिग्देल)
  • १८. सर्वोदय पार्टी (दीपककुमार साह)
  • १९. समुन्नत नेपाल पार्टी (सर्वेन्द्र खनाल)
  • २०. नागरिक बचाउ दल (माधवप्रसाद खतिवडा)
  • २१. नेपाल जनसेवा पार्टी (प्रकाश खडका)



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको