१ सय ३९ राजनीतिक दल दर्ता, कस्ता छन् नयाँ दल र नेतृत्व ? [सुचि सहित]
काठमाडौँ — निर्वाचन आयोगमा विधिवत दर्ता भएका राजनीतिक दलहरूको संख्या १ सय ३९ पुगेको छ । पछिल्लो एक महिनामा २१ वटा नयाँ राजनीतिक दल थपिएका छन् ।
आयोगमा सूचीबद्ध भएका दलहरूमध्ये प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धाका लागि १ सय ८ वटा राजनीतिक दलले पुनः दल दर्ता गराएका छन् ।
निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय आइतबारसम्म तोकिएको छ । थप केही नयाँ दलको दर्ता प्रक्रिया अन्तिम चरणमा छन् । ती दर्ता भएर निर्वाचनमा भाग लिने गरी पुनः दर्ता गराएमा २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिने दलहरूको संख्या अझै थपिने छ ।
पछिल्लो एक महिना यता दर्ता भएका नयाँ दल र तिनको नेतृत्वको नाम
- १. श्रम संस्कृति पार्टी(हर्क राज राई)
- २. गतिशील लोकतान्त्रिक पार्टी(दिनेशराज प्रसाईं)
- ३. नागरिक उन्मुक्ति पार्टी, नेपाल (कविर सोब)
- ४. राष्ट्रिय परिवर्तन पार्टी (राजेश पोर्तेल)
- ५. राष्ट्रिय जनमत पार्टी (रियाज अहमद शेष)
- ६. नेपाल कम्युनिस्ट पार्टी(माओवादी)– नेत्रविक्रम चन्द
- ७. राष्ट्र निर्माण दल नेपाल (अकबर खान)
- ८. राष्ट्रिय ऊर्जाशील पार्टी, नेपाल (योगेन्द्र मण्डल)
- ९. पिपुल फर्स्ट पार्टी (प्रशान्त सिंह)
- १०. उज्यालो नेपाल पार्टी ( अनुपकुमार उपाध्याय)
- ११. स्वाभिमान पार्टी (सत्यमानकुमार सिंह)
- १२. हाम्रो पार्टी नेपाल (खगेन्द्र सुनार)
- १३. नागरिक सर्वोच्चता पार्टी नेपाल (रत्नप्रसाद श्रेष्ठ)
- १४.जनादेश पार्टी नेपाल (रमणकुमार कर्ण)
- १५. सार्वभौम नागरिक पार्टी (गणेशकुमार मण्डल)
- १६. नागरिक सेवा पार्टी (श्रेया केसी)
- १७. प्रगतिशील नागरिक पार्टी (सविन सिग्देल)
- १८. सर्वोदय पार्टी (दीपककुमार साह)
- १९. समुन्नत नेपाल पार्टी (सर्वेन्द्र खनाल)
- २०. नागरिक बचाउ दल (माधवप्रसाद खतिवडा)
- २१. नेपाल जनसेवा पार्टी (प्रकाश खडका)













