"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ओलीको दुईतिहाइ दम्भले हेलिकप्टर चढेर बालुवाटारबाट भाग्नुपर्‍यो : प्रचण्ड

प्रकाशित मिति :  29 November, 2025 6:26 pm


काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताको आत्मनिर्णयको अधिकारमाथि चुनौति दिने विदेशीतत्वसँग लड्न कम्युनिस्ट एकता गरिएको बताएका छन्।

शनिबार दाङको देउखुरीमा आयोजित एकता सन्देशसभालाई सम्बोधन गर्दै प्रचण्डले जनतालाई साथमा लिएर प्रतिक्रियावादी हस्तक्षेपकारी विदेशीतत्वसँग लड्न कम्युनिस्ट एकता गरिएको बताएका हुन्। उनले जनताको भावना बुझेर साथमा नलिएरसम्म दुईतिहाइले पनि केही गर्न नसक्ने जेनजी आन्दोलनमा स्पष्ट भएको जिकिर गरे।

प्रचण्डले दुईतिहाइको दम्भमा अघिल्लो सरकारले भ्रष्टचारीलाई बचाउने काम गरेकाले प्रधानमन्त्री बालुवाटारबाट हेलिकप्टर चढेर भाग्नुपरेको बताए। जनताले लखेटे पनि केही नेतामा अझै पनि अहंकार र दम्भ नहटेको उनको भनाइ छ। उनले आफूहबाट भएका गल्तीकमजोरीको समिक्षा गर्दै नेकपा एकता भएको भन्दै अब जेनजीको मुद्दालाई अघि बढाउने बताए।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले राम्रा कुराको निरन्तरता र कमीकमजोरीलाई सुधार गर्ने संकल्पका साथ नेकपा गठन गरिएको बताए। जनताको जीवनलाई सुखी बनाउने र समानता कायम गर्न पार्टीले ध्यान दिने उनले बताए।

उनले युवाहरुले अघि सारेका विषयलाई समेत आत्मसात गर्दै देशले चाहेको समाजवाद स्थापित गरेरै छाड्ने उल्लेख गरे।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको