"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रास्वपा र विवेकशीलबीच एकता घोषणा

प्रकाशित मिति :  30 November, 2025 4:53 pm


काठमाडौँ — रवि लामिछाने नेतृत्वको रास्वपा र समीक्षा बाँस्कोटा नेतृत्वको विवेकशील साझा पार्टीबीच एकता भएको छ । आइतबार राष्ट्रिय सभा गृहमा दुवै दलबीच एकता घोषणा भएको हो ।

दुई दलबीच एकतापछि पार्टीको नाम रास्वपा र चुनाव चिह्न घण्टी नै रहने नेता शिशिर खनालले जानकारी दिए । त्यस्तै विवेकशील साझाका नेताहरूलाई पार्टी महाधिवेशनसम्मका लागि संघीय नेतृत्व मञ्‍चमा राख्ने सहमति भएको छ ।

मञ्च सदस्यहरूको हैसियत केन्द्रीय सदस्यसरह हुने बताइएको छ । पार्टीको तल्लो तहमा पनि समावेशिता र आपसी समझदारीमा नेताहरूको जिम्मेवारी बाँडफाँड गरिने सहमतिपत्रमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको