"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निर्वाचन परिणामबाट एमाले अत्तालिएको कांग्रेसको टिप्पणी

प्रकाशित मिति :  18 May, 2022 8:19 am


काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणामबाट नेकपा एमाले अत्ताल्लिएको टिप्पणी गरेको छ ।

आइतबार नेकपा एमालेका महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचनमा धाँधली भएको बताएका थिए । कांग्रेसले एमालेको उक्त भनाइको खण्डन गर्दै एमालेले गैरजिम्मेवार टिप्पणी गरेको बताएको हो ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सोमबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘निर्वाचनको परिणाम आफूले दावी गरेजस्तो नआएपछि निर्वाचनको सम्पूर्ण चाँजोपाँजो मिलाउने निर्वाचन आयोग, आयोगको माग र खटनपटन अनुसार काम गर्ने राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीले निर्वाह गरेको जिम्मेवारीलाई लिएर सरकारलाई योजनाबद्धरुपमा धाधली गर्‍यो भन्नु गैरजिम्मेवारीपनको पराकाष्ठा हो ।’

३० वैशाखमा स्थानीय तह निर्वाचन भएपछि एमाले अध्यक्ष ओलीले विज्ञप्ति जारी गर्दै निर्वाचन निष्पक्ष गर्न प्रमुख भूमिका खेल्ने निर्वाचन आयोग, आयोगद्धारा परिचालित राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी र सम्बद्ध सबैलाई धन्यवाद दिएको तर पछि नतिजा आफ्नो पक्षमा नआएपछि धाँधली भएको आरोप लगाएको कांग्रेसको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने