"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निर्वाचन परिणामबाट एमाले अत्तालिएको कांग्रेसको टिप्पणी

प्रकाशित मिति :  18 May, 2022 8:19 am


काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणामबाट नेकपा एमाले अत्ताल्लिएको टिप्पणी गरेको छ ।

आइतबार नेकपा एमालेका महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचनमा धाँधली भएको बताएका थिए । कांग्रेसले एमालेको उक्त भनाइको खण्डन गर्दै एमालेले गैरजिम्मेवार टिप्पणी गरेको बताएको हो ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सोमबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘निर्वाचनको परिणाम आफूले दावी गरेजस्तो नआएपछि निर्वाचनको सम्पूर्ण चाँजोपाँजो मिलाउने निर्वाचन आयोग, आयोगको माग र खटनपटन अनुसार काम गर्ने राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीले निर्वाह गरेको जिम्मेवारीलाई लिएर सरकारलाई योजनाबद्धरुपमा धाधली गर्‍यो भन्नु गैरजिम्मेवारीपनको पराकाष्ठा हो ।’

३० वैशाखमा स्थानीय तह निर्वाचन भएपछि एमाले अध्यक्ष ओलीले विज्ञप्ति जारी गर्दै निर्वाचन निष्पक्ष गर्न प्रमुख भूमिका खेल्ने निर्वाचन आयोग, आयोगद्धारा परिचालित राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी र सम्बद्ध सबैलाई धन्यवाद दिएको तर पछि नतिजा आफ्नो पक्षमा नआएपछि धाँधली भएको आरोप लगाएको कांग्रेसको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको