"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

महाधिवेशनको कार्यतालिका बारे षडयन्त्र नगर्न कांग्रेस नेताहरूको चेतावनी

प्रकाशित मिति :  4 December, 2025 8:58 pm


काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्।

विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता तर्फबाट बिहीबार काठमाडौँमा आयोजित १५ औँ महाधिवेशनको तयारी विषयक अन्तरक्रियामा उनीहरुले नियमित महाधिवेशन अवरुद्ध भए विशेष महाधिवेशन हुने भन्दै महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका हुन्।

कार्यक्रममा कांग्रेसका नेता गुरुराज घिमिरेले केन्द्रीय समितिबाट पारित कार्यतालिकामा तलमाथि भए विशेष महाधिवेशनको अवस्था आउने बताए। उनले निर्धारित गरिएको पार्टीको नियमित महाधिवेशन सार्ने खेलमा नलाग्न सुझाव समेत दिए।

विशेष महाधिवेशनको दबाब दिएपछि मात्रै पार्टी नेतृत्व निर्वाचनअघि नियमित महाधिवेशन गर्न तयार भएको उनको भनाइ छ। उनले बहुमतको शक्तिका साथ आफूहरु महाधिवेशनको तयारीमा जुट्ने धारणा राखे। महाधिवेशनमा आफूहरुको पक्ष निर्णायक रहेकाले कमजोर नठान्न उनले सुझाव दिए।

उनले पार्टीले निर्धारण गरेको कार्यतालिकालाई सफल बनाउन भूमिका खेल्ने समेत बताए। घिमिरेले अब निर्वाचन क्षेत्रमा क्रियाशिल हुन आग्रह गर्दै कसैले अप्ठेरो पारे एकताबद्ध भएर सामना गर्ने जिकिर गरे।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको

काठमाडौँ – सरकारले गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानको क्षतिको मूल्यांकन

काठमाडौं – नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा