"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी

प्रकाशित मिति :  5 December, 2025 8:55 pm


काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्न निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बोलाएकी थिइन् ।

बैठकमा कांग्रेसबाट महामन्त्री गगन थापा, पुष्पा भुसाल, एमालेबाट महासचिव शंखर पोखरेल, महेश बर्तौला, नेकपाबाट शक्ति बस्नेत, प्रकाश ज्वाला, रास्वपाबाट सोविता गौतम र शिशिर खनाल छन् ।

यस्तै राप्रपाबाट भुवन पाठक र राजेन्द्र गुरुङ, जसपा नेपालबाट प्रकाश अधिकारी, जनमतबाट नरेन्द्र चौधरी सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारको तर्फबाट प्रधानमन्त्री कार्की, अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चारमन्त्री जगदीश खरेल छन् भने निर्वाचन आयोगका कावा प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरु जानकीकुमारी तुलाधर र सगुन शम्शेर राणा उपस्थित छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले सुशासन र दिगो समृद्धिको आधार नै स्वजागरण भएको बताएकी छिन् । बुधबार आयोजित सुशासन र

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट १७ चुनाव चिह्नका (एकलसहित) १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जारी हुने निर्वाचन आचारसंहिताबारे शुक्रबार जानकारी गराइएको छ। निर्वाचन