"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी

प्रकाशित मिति :  5 December, 2025 8:55 pm


काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्न निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बोलाएकी थिइन् ।

बैठकमा कांग्रेसबाट महामन्त्री गगन थापा, पुष्पा भुसाल, एमालेबाट महासचिव शंखर पोखरेल, महेश बर्तौला, नेकपाबाट शक्ति बस्नेत, प्रकाश ज्वाला, रास्वपाबाट सोविता गौतम र शिशिर खनाल छन् ।

यस्तै राप्रपाबाट भुवन पाठक र राजेन्द्र गुरुङ, जसपा नेपालबाट प्रकाश अधिकारी, जनमतबाट नरेन्द्र चौधरी सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारको तर्फबाट प्रधानमन्त्री कार्की, अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चारमन्त्री जगदीश खरेल छन् भने निर्वाचन आयोगका कावा प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरु जानकीकुमारी तुलाधर र सगुन शम्शेर राणा उपस्थित छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद