"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्वास्थ्य मन्त्रालयको सेवा सिंहदरबारबाट सञ्चालन

प्रकाशित मिति :  10 December, 2025 10:42 am


काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिंहदरबारबाट सेवा प्रवाह सुरु गरेको छ । मन्त्रालयले सूचना जारी गरेर रामशाहपथमा रहेको भवनबाट प्रवाह हुँदै आएका मूलभूत सेवाहरू सिंहदरबारबाट सुरु गरेको जानकारी दिएको हो ।

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा रामशाहपथस्थित नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट प्रवाह हुँदै आएका मूलभूत सेवाहरू मिति २०८२।०८।२३ गतेदेखि सिंहदरबारबाट सञ्चालन गरिएको बेहोरा अनुरोध छ,’ सूचनामा भनिएको छ ।

मन्त्रालयले केही महाशाखा/शाखा/एकाइबाट प्रवाह हुँदै आएका सेवाहरू साबिककै स्थानबाट निरन्तर प्रवाह भइराखेका र आवश्यक स्थानको प्रबन्ध गरी सम्पूर्ण सेवाहरू सिंहदरबारबाट क्रमश: प्रवाह गरिने पनि जनाएको छ ।

रामशाहपथ स्थित स्वास्थ्य मन्त्रालयको भवनमा गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा आगजनी भएको थियो । त्यसपछि मन्त्रालयको सेवा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट प्रवाह गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी मेडिकल तथा डेन्टल कलेज र अस्पतालहरूलाई नर्सलगायत स्वास्थ्यकर्मीहरूलाई न्यूनतम पारिश्रमिकलगायतका सेवा सुविधाहरु उपलब्ध गराउन निर्देशन

काठमाडौं – विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। निपाह भाइरसको जनस्वास्थ्य

जनकपुरधाम – सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही प्रक्रिया अगाडि