"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

डब्लूएचओको ७९औं महासभामा नेपाललाई उपाध्यक्षको जिम्मेवारी

प्रकाशित मिति :  18 May, 2026 6:29 pm


काठमाडौं – विश्व स्वास्थ्य संगठनको (डब्लूएचओ) को ७९औँ विश्व स्वास्थ्य महासभामा नेपालले उपाध्यक्षको जिम्मेवारी पाएको छ ।जेनेभामा सोमबार आयोजित महासभाको उद्घाटन सत्रमा नेपाललाई उक्त गरिमामय जिम्मेवारी प्रदान गरिएको हो ।

नेपालले पाएको यो जिम्मेवारीलाई अन्तर्राष्ट्रिय स्वास्थ्य कूटनीतिमा महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । उपाध्यक्षमा निर्वाचित अन्य देशहरूमा लिबिया, मालि, पोल्यान्ड र पपुवान्युगिनी रहेका छन् ।

विश्व स्वास्थ्य संगठनको सर्वोच्च नीति निर्माण मञ्च मानिने विश्व स्वास्थ्य महासभामा सदस्य राष्ट्रहरूले विश्व स्वास्थ्यसम्बन्धी नीति, प्राथमिकता तथा सहकार्यका विषयमा छलफल गर्ने गर्दछन् । महासभाको सोही सत्र अन्तर्गत आजै नेपालको तर्फबाट स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्बोधनमा नेपालले सार्वजनिक स्वास्थ्य सुधार, स्वास्थ्य सेवा पहुँच विस्तार तथा विश्व स्वास्थ्य सहकार्यसम्बन्धी आफ्ना धारणा प्रस्तुत हुनेछ । महासभामा विश्वभरका सदस्य राष्ट्रका प्रतिनिधि, स्वास्थ्य विज्ञ तथा अन्तर्राष्ट्रिय संस्थाका अधिकारीहरूको सहभागिता छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं –  सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा कार्यरत रहँदा  झण्डै ३ करोड हिनामिना गरेको आरोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौं – ट्राफिक प्रहरीले ३१ जनाको सवारी लाइसेन्स निलम्बन गर्न सिफारिस गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ३१ जनाको

काठमाडौँ- सरकारले वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षाविद् प्रा.डा.जगदिश प्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ। मंगलबार बसेको

काठमाडौं – रौतहट जिल्ला अदालत गौरका डिठ्ठा लवकुमार सिंहविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । अदालतको फैसला बमोजिम दाखिला