"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भिजिट भिसा प्रकरण : सहसचिव भट्टराईसहित सात जनामाथि भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  11 December, 2025 4:30 pm


काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा उठाएको आरोपमा सहसचिव तिर्थराज भट्टराईसहित सात जना विरूद्ध अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार मुद्दामा सात व्यक्ति र दुई कम्पनीलाई विपक्षी बनाइएको छ। त्यस्तै सम्पत्ति शुद्धीकरणमा तीन जनामाथि मुद्दा दर्ता भएको छ।

सम्पत्ति शुद्धीकरणमा सहसचिव भट्टराई, जग्गा व्यवयसायी खेमप्रसाद सुवेदी र बानेश्वरस्थित सीआईएसटी कलेजकी ल्याब सहायक कविता पौडेलमाथि मुद्दा दायर भएको हो। यो मुद्दामा अख्तियारले १ करोड ३ लाख ७८ हजार ६ सय विगो कायम गरेको विशेष अदालतका प्रवक्ता रेग्मीले जानकारी दिए।

त्यस्तै सहसचिव भट्टराई, यज्ञराज अर्याल, ग्रीन ल्यान्ड होलिडेजका सञ्चालकहरू बालकृष्ण खड्का र राम खड्का, फैमिली होलिडे ट्राभल्स एन्ड टुर्सका सञ्चालक दीपक भण्डारी, सीआईएसटी कलेजकी ल्याब सहायक कविता पौडेल र जग्गा व्यवसायी खेमप्रसाद सुवेदीमाथि घुससम्बन्धी मुद्दा दर्ता भएको छ।

घुससम्बन्धी मुद्दामा सहसचिव भट्टराईमाथि ७९ लाख ८० हजार मागदाबी कायम गरेको विशेष अदालतले जनाएको छ। अख्यितारले गत वर्ष चैत ७ गते सहसचिव भट्टराईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट पक्राउ गरेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ –  बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेशबहादुर विष्टसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।  अख्तियार

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीसँग नर्वेली राजदूत ड्याग्नी मियोसले आज शिष्टाचार भेट गरेका छन् । सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

काठमाडौं – निर्वाचन आयोगले रास्वपा वरिष्ठ नेता बालेन शाह, नेकपा एमालेका सचिव महेश बस्नेत, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ

तनहुँ – स्वास्थ्यमन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने बताएकी छन् । आर्थिक समस्याका कारणले स्वास्थ्य बीमा