"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भिजिट भिसा प्रकरण : सहसचिव भट्टराईसहित सात जनामाथि भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  11 December, 2025 4:30 pm


काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा उठाएको आरोपमा सहसचिव तिर्थराज भट्टराईसहित सात जना विरूद्ध अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार मुद्दामा सात व्यक्ति र दुई कम्पनीलाई विपक्षी बनाइएको छ। त्यस्तै सम्पत्ति शुद्धीकरणमा तीन जनामाथि मुद्दा दर्ता भएको छ।

सम्पत्ति शुद्धीकरणमा सहसचिव भट्टराई, जग्गा व्यवयसायी खेमप्रसाद सुवेदी र बानेश्वरस्थित सीआईएसटी कलेजकी ल्याब सहायक कविता पौडेलमाथि मुद्दा दायर भएको हो। यो मुद्दामा अख्तियारले १ करोड ३ लाख ७८ हजार ६ सय विगो कायम गरेको विशेष अदालतका प्रवक्ता रेग्मीले जानकारी दिए।

त्यस्तै सहसचिव भट्टराई, यज्ञराज अर्याल, ग्रीन ल्यान्ड होलिडेजका सञ्चालकहरू बालकृष्ण खड्का र राम खड्का, फैमिली होलिडे ट्राभल्स एन्ड टुर्सका सञ्चालक दीपक भण्डारी, सीआईएसटी कलेजकी ल्याब सहायक कविता पौडेल र जग्गा व्यवसायी खेमप्रसाद सुवेदीमाथि घुससम्बन्धी मुद्दा दर्ता भएको छ।

घुससम्बन्धी मुद्दामा सहसचिव भट्टराईमाथि ७९ लाख ८० हजार मागदाबी कायम गरेको विशेष अदालतले जनाएको छ। अख्यितारले गत वर्ष चैत ७ गते सहसचिव भट्टराईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट पक्राउ गरेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको