"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीले लिए शपथ

प्रकाशित मिति :  12 December, 2025 5:26 pm


काठमाडौँ- सुशीला कार्की नेतृत्वको सरकारमा चार जना मन्त्री थपिएका छन्। उनीहरू चारैजनाले शुक्रबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

नयाँ मन्त्रीमा श्रद्धा श्रेष्ठ, कुमार इङ्नाम, राजेन्द्रसिंह भण्डारी र माधव चौलागाईं छन्। उनीहरूले क्रमशः महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी  पाएका छन्।

यस विस्तारसँगै मन्त्रिपरिषद् १४ सदस्यीय भएको छ। पछिल्लो पटक कात्तिक ९ गते पुनर्गठन गरेर १० सदस्यीय बनाइएको थियो। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए।

त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा निर्दलीय सरकार गठन भएको थियो। फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य निर्वाचन गराउने जिम्मेवारी पाएको सरकारले मन्त्रीको संख्या थप गर्न थालेपछि आलोचना हुन थालेको छ।

सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री सुशीला कार्कीज्यूको सिफारिसमा संवत् २०८२ भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधान बमोजिम देहाय अनुसारको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गर्नु भएको छ।

यी हुन् कार्की सरकारका मन्त्रीहरू

क्र.सं.नाम, थरपदकार्यविभाजन
१.सुशीला कार्कीप्रधानमन्त्रीपरराष्ट्र; रक्षा; खानेपानी
२.रामेश्वरप्रसाद खनालमन्त्रीअर्थ; सङ्घीय मामिला तथा सामान्य प्रशासन
३.कुलमान घिसिङमन्त्रीऊर्जा, जलस्रोत तथा सिंचाइ; भौतिक पूर्वाधार तथा यातायात; सहरी विकास
४.ओमप्रकाश अर्यालमन्त्रीगृह
५.अनिलकुमार सिन्हामन्त्रीउद्योग, वाणिज्य तथा आपूर्ति; कानून, न्याय तथा संसदीय मामिला; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
६.महावीर पुनमन्त्रीशिक्षा, विज्ञान तथा प्रविधि
७.मदनप्रसाद परियारमन्त्रीकृषि तथा पशुपन्छी विकास
८.जगदीश खरेलमन्त्रीसञ्चार तथा सूचना प्रविधि
९.सुधा गौतममन्त्रीस्वास्थ्य तथा जनसङ्ख्या
१०.बब्लु गुप्‍तामन्त्रीयुवा तथा खेलकुद
११.कुमार इङ्नाममन्त्रीभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
१२.राजेन्द्रसिंह भण्डारीमन्त्रीश्रम, रोजगार तथा सामाजिक सुरक्षा
१३.माधवप्रसाद चौलागाईमन्त्रीवन तथा वातावरण
१४.श्रद्धा श्रेष्‍ठमन्त्रीमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद