"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

देश भदौ २४ पछि विधिको शासनमा छैन : ज्ञवाली

प्रकाशित मिति :  13 December, 2025 2:08 pm


काठमाडौँ — नेपालमा भदौ २४ गतेको विध्वंशपछि विधिको शासनको ठाउँमा अराजकको शासन चलिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् । एमालेको ११ औँ महाधिवेशनको उद्घाटनका क्रममा ज्ञवालीले जस्तोसुकै परिस्थितिमा पनि पार्टी निरन्तर अगाडि बढ्ने बताए ।

भदौ २४ गते नेपालमाथि शक्तिशाली राष्ट्रले हमला गरेको जस्तो अवस्थामा रहेको ज्ञवालीको भनाइ थियो । ‘हामीले चुनौतीपूर्ण अवस्थामा महाधिवेशन आयोजना गर्दैछौं । आजभन्दा ३ महिना अगाडि देशले कल्पना नगरेको विनाशकारी स्थिति सामना गर्‍यो । सन् १८२६ को सुगौली सन्धिपछि देशले युद्ध लड्नुपरेन । तर भदौ २४ गते काठमाडौं लगायतका मुख्य सहरी केन्द्रको दृश्य नेपालमाथि कुनै शक्तिशाली देशले बम वर्षा गरिरहेको, विनाश गरेको जस्तो अकल्पनीय स्थिति सिर्जना भयो,’ उनले भने ।

भदौ २३ र २४ को जेन-जी आन्दोलनपछि जननिर्वाचित ढलेको र जनप्रतिनिधिको संस्था पनि विघटन गरिएको उनले बताए । ‘जननिर्वाचित सरकार ढल्यो । जनताका प्रतिनिधिको थलो प्रतिनिधिसभा विघटन भयो । विधिको शासनको ठाउँमा अराजक शासन आयो,’ उनले भने ।

अहिले शासनमा रहेकाहरूले अराजकताको शासन चलाइरहेको र उनीहरूका विरुद्धमा वा आलोचनामा बोल्दा पनि खबरदारी आइरहेको ज्ञवालीले बताए । पुराना पार्टी र नेता तथा एमाले समाप्त भयो भन्ने भाष्य बनाइएको भन्दै ज्ञवालीले असन्तुष्टि जनाए । उनले एमालेको महाधिवेशनले एमाले निरन्तर अगाडि बढिरहेको छ र बढिरहन्छ भन्ने सन्देश दिएको बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको