"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमाले महाधिवेशन : को-को हुन् ११ केन्द्रीय सदस्य निर्विरोध ?

प्रकाशित मिति :  16 December, 2025 9:30 pm


काठमाडौँ- नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्। पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार उनीहरू सर्वसम्मत निर्वाचित भएका हुन्।

उनका अनुसार लुम्बनी प्रदेशबाट ४० वर्ष उमेरमुनिका लिलामणि गौतम र सोही प्रदेशबाट महिला केन्द्रीय सदस्यमा गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तिदेवी ढकाल सर्वसम्मत निर्वाचित भएका छन्।

यस्तै केन्द्रीय सदस्य युवा (४० वर्ष मुनि) बाट नरेश रोकाया र सुशिलकुमार थापा, मधेश प्रदेशबाट ४० वर्ष मुनिको उमेर समूहबाट केन्द्रीय सदस्यमा अमरकुमार यादव र रौनित साह, मुस्लिम महिला खाजिदा खातुन सिद्धिकी, पिछिडिएको क्षेत्र महिलाबाट वदमी क्वारी बुढा (बोहरा) र प्रवास दक्षिण एसियाबाट हरिप्रसाद घिमिरे सर्वसम्मत निर्वाचित भए।

यस्तै दुई जना उम्मेदवारको निर्वाचन खारेजी गरिएको छ। केन्द्रीय सदस्यका उम्मेदवार पासाङ् शेर्पा र धर्मलाल गिरी उम्मेदवारी खारेजी भएको निर्वाचन आयोगका उपाध्यक्ष पोखरेलले जानकारी दिए।

यस्तै एक उपमहासचिवसहित १४ जना केन्द्रीय उम्मेदवारले फिर्ता लिएका छन्। उपमहासचिव पदमा उम्मेदवार दिएका राजेन्द्र गौतमले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्।

एमालेको भृकुटीमण्डपमा जारी महाधिवेशनको आज नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै छ। निर्वाचनमा दुई हजार २६३ जना प्रतिनिधिले भाग लिनेछन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ जनसंख्याको आधारमा समावेशी समूहको प्रतिनिधित्व गराउने व्यवस्थाका सम्बन्धमा सरकारसँग छलफल गरेको छ। मंगलबार आयोगले काठमाडौँमा

काठमाडौं – नेकपा (एमाले)को ११औं महाधिवेशन भृकुटीमण्डपमा जारी छ । आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ । नयाँ नेतृत्वका लागि

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालविरूद्ध परेको उजुरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तामेलीमा राखेको निर्णयलाई झिकाउन विशेष अदालतले

काठमाडौँ — नेपालमा भदौ २४ गतेको विध्वंशपछि विधिको शासनको ठाउँमा अराजकको शासन चलिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।