"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बझाङको बित्थड खेल मैदान निर्माणमा भ्रष्टाचार ६ जनाविरुद्ध मुद्दा

प्रकाशित मिति :  17 December, 2025 8:54 pm


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–१ मा निर्माण गरिएको बित्थड खेल मैदानमा भ्रष्टाचार भएको ठहर गर्दै ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्ट, तत्कालीन सव–इन्जिनियर  गणेश राज उपाध्याय र तत्कालीन लेखापाल हर्कदेव जोशीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो बराबरको जरिवाना, कैद र बिगो असुल उपरको मागदाबी लिइएको छ ।

त्यसैगरी बित्थड खेल मैदान निर्माण तथा सुधार उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्रबहादुर बोहरा, सचिव वीरबहादुर बोहरा र कोषाध्यक्ष निलम भण्डारीलाई मुख्य कसूरदारको मतियारका रूपमा गैरकानुनी लाभ लिएको अभियोगमा सोही ऐनअनुसार सजायको मागदाबी गरिएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा संघीय युवा तथा खेलकुद मन्त्रालयबाट ५० लाख रुपैयाँ र संघीय सांसद विकास कोषबाट १५ लाख रुपैयाँ गरी कुल ६५ लाख रुपैयाँ बजेट विनियोजन भई खेल मैदान निर्माण तथा सुधार गरिएको थियो । तर, उक्त योजनामा एउटै कामका लागि एउटै उपभोक्ता समितिसँग फरक–फरक लागत अनुमानमा दोहोरो सम्झौता गरिएको, काम नगरी तथा कमसल निर्माण सामग्री प्रयोग गरी रकम हिनामिना गरिएको पाइएको अख्तियारको ठहर छ ।

अनुसन्धानका क्रममा एउटै ग्राउण्ड कटिङ कार्यका लागि फरक–फरक गोश्वारा भौचर प्रयोग गरी १३ लाख ९९ हजार १८६ रुपैयाँ दोहोरो भुक्तानी गरिएको तथा नगरेको काम देखाई ६७ हजार ३१७ रुपैयाँ ९२ पैसा बढी भुक्तानी लिएको प्रमाणित भएको अख्तियारको निष्कर्ष छ ।

यसरी सरकारी तथा स्थानीय तहको बजेट दुरुपयोग गरी उनीहरूले कूल १४ लाख ६६ हजार ५०३ रुपैयाँ ९२ पैसाको गैरकानुनी लाभ लिएको ठहर गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरिएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको