एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेजस्तो नक्कली पार्टी होइन : अध्यक्ष ओली
काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताएका छन् ।
शुक्रबार ११औं महाधिवेशनबाट निर्वाचित पार्टी केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले लोकतान्त्रिक, सच्चा कम्युनिस्ट पार्टी भएको जिकिर गर्दै त्यसका हरेक सदस्यले कडा अनुशासनमा रहेर काम गर्नुपर्ने बताएका हुन् ।
पार्टीको सामूहिक प्रयासबाट निकालिएका नीतिविपरीत नचल्न पनि पार्टीका नेता, कार्यकर्तालाई उनले सचेत गराए । अध्यक्ष ओलीले राष्ट्रिय स्वार्थविपरीतका गतिविधि पार्टीका कुनै पनि सदस्यले गरे सह्य नहुने समेत बताए ।












