"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेर जागिर खाएको आरोपमा एसएसपीविरुद्ध मुद्दा

प्रकाशित मिति :  23 December, 2025 10:51 pm


काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी नेपाल प्रहरीमा सेवा प्रवेश तथा बढुवा लिएको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षक लालबाबु गिरीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले गिरीविरुद्ध आज (मंगलबार) विशेष अदालतमा आरोपपत्र दायर गरिएको जानकारी दिएका हुन्।

आयोगद्वारा जारी विज्ञप्तिमा गिरीले सन् १९८८ मा भारतको विहार स्कुल एक्जामिनेशन बोर्ड, पटनाबाट ‘एसएलसी’ उत्तीर्ण गरेको भनी पेस गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको उल्लेख गरिएको छ।

उक्त नक्कली शैक्षिक प्रमाणपत्रकै आधारमा गिरीले २०५० सालमा त्रिभुवन विश्वविद्यालयबाट र २०६३ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट शैक्षिक योग्यता हासिल गरेको अनुसन्धानबाट खुलेको पनि जनाइएको छ।

सोही प्रमाणपत्र प्रयोग गरी उनले २०५२ मङ्सिर १६ गते नेपाल प्रहरीको प्रहरी नायव निरीक्षक (प्राविधिक) पदमा नियुक्ति लिई क्रमशः बढुवा हुँदै हाल प्रहरी वरिष्ठ उपरीक्षक पदसम्म पुगेको आयोगको दाबी छ।

नक्कली प्रमाणपत्रका आधारमा ओहोदा, तलब, सुविधा तथा विभिन्न तालिमसमेत लिएको देखिएको भन्दै आयोगले गिरीविरुद्ध साविक भ्रष्टाचार निवारण ऐनअनुसार सजाय मागदाबी गरेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — विघटित प्रतिनिधिसभामा सांसद रहेका नेपाली कांग्रेसका ६५ जनाले संसद् पुन:स्थापना माग गर्दै हस्ताक्षरसहितको निवेदन सर्वोच्च अदालतमा दर्ता गराएका

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको छ । ओली महासचिव

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी १५ औँ महाधिवेशनमा पार्टी सभापति पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्। सोमबार काठमाडौँमा आयोजित

काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले चालु आर्थिक वर्षमा संघीय संसद्मा पेस गर्नका लागि १२१ वटा विधेयकहरूको प्राथमिकता निर्धारण