"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

फागुन २१ गते निर्वाचन गराउन सरकार दृढ छ : अर्थमन्त्री खनाल

प्रकाशित मिति :  24 December, 2025 8:43 pm


विराटनगर- अर्थमन्त्री रामेश्वर खनालले तोकिएको समयमा निर्वाचन गर्न देशभित्रैबाट सरकारलाई असहयोग भइरहेको गुनासो गरेका छन्। बुधबार विराटनगरमा विराट ट्रेड एक्स्पो उद्घाटन गर्दै मन्त्री खनालले फागुन २१ गते निर्वाचन गराउन वर्तमान सरकार दृढ संकल्पित रहेको र छिमेकीहरूले समेत विश्वास गरिरहेको बेला मुलुकभित्रै भने असफल बनाउने प्रयास भइरहेको बताएका हुन्।

उनले फागुन २१ गते निर्वाचन नभए अकल्पनीय दुर्घटना हुन सक्ने भएकाले वर्तमान सरकारले जसरी पनि निर्वाचन गराउन प्रतिबद्ध रहेको र विदेशीहरूले समेत निर्वाचन हुने कुरामा विश्वास गरेको जानकारी दिए।

उनले फागुन २१ गतेको निर्वाचनपछि बन्ने सरकारलाई आधारभूमि तयार गर्ने गरी वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनका विभिन्न सवालहरूबारे धेरै काम गरिदिएको बताए।

अर्थमन्त्री खनालले आफू अध्यादेशबाट मुलुक चलाउने पक्षमा नरहेकाले वर्तमान सरकारलाई प्राप्त म्याण्डेटका आधारमा विद्यमान कानुनअनुसार नै अर्थतन्त्र सुधारका धेरै निर्णयहरू गरेको बताए। उनले जेन्जी आन्दोलनपछि शिथिल बनेको अर्थतन्त्र र मनोबल गिरेको उद्योगी व्यवसायीलाई राहत पुग्ने गरी एकीकृत योजना ल्याएको जानकारी दिए।

खनालले संघीयता कार्यान्वयनका लागि कर्मचारी सरुवा र नियुक्तिको अधिकार सम्बन्धित प्रदेश र पालिकालाई दिनुपर्ने जिकिर गरे। शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन तथा उत्पादित वस्तुको बजार प्रवर्द्धन गर्ने उद्देश्यले मोरङ उद्योग व्यापार संघले विराट ट्रेड एक्स्पो २०२५ आयोजना गरेको हो।

पुस १९ गतेसम्म चल्ने एक्स्पोमा कृषि, पशुपालन, अटोमोबाइल्स, विज्ञान प्रविधि, औद्योगिक उत्पादन लगायतका दुई सय वटा स्टलहरु राखिएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको