"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

वालेन, रवि र कुलमानविच चुनावी सहकार्यका वारेमा छलफल

प्रकाशित मिति :  25 December, 2025 3:07 pm


काठमाडौँ — भौतिक, ऊर्जा तथा शहरी विकास मन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका बालेन्द्र शाहबीच छलफल भएको छ ।

ललितपुरको ज्वागलस्थित कुमार बेनको घरमा उनीहरूको भेटवार्ता भएको हो । बेन मेयर शाहका सल्लाहकार हुन् । उज्यालो नेपालमा संरक्षक घिसिङ र मेयर शाहबीच आगामी चुनावमा कसरी जाने भन्ने विषयमा छलफल भएको बुझिएको छ ।

घिसिङसँगको भेटपछि मेयर शाह र रास्वपा सभापति रवि लामिछानेबिच भेटवार्ता हुने स्रोतले बतायो । उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य अभिषेक सिंहले वैकल्पिक शक्ति मिलेर अघि बढ्ने गरी छलफल चलिरहेको र केही दिनमा निष्कर्षमा पुग्ने बताए । यसअघि पनि घिसिङ र मेयर बालेनबीच भेटवार्ता भएको थियो ।

१४ मंसिरमा उज्यालो नेपाल पार्टी खोलेर राजनीतिमा होमिए लगत्तै कुलमान घिसिङले मेयर शाहसँग भेटवार्ता गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेका थिए । घिसिङले त्यतिबेला फेसबुकमा लेखेका थिए, ‘देश बनाउने अभियानमा हामी सँगै छौं।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको