वालेन, रवि र कुलमानविच चुनावी सहकार्यका वारेमा छलफल
काठमाडौँ — भौतिक, ऊर्जा तथा शहरी विकास मन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका बालेन्द्र शाहबीच छलफल भएको छ ।
ललितपुरको ज्वागलस्थित कुमार बेनको घरमा उनीहरूको भेटवार्ता भएको हो । बेन मेयर शाहका सल्लाहकार हुन् । उज्यालो नेपालमा संरक्षक घिसिङ र मेयर शाहबीच आगामी चुनावमा कसरी जाने भन्ने विषयमा छलफल भएको बुझिएको छ ।
घिसिङसँगको भेटपछि मेयर शाह र रास्वपा सभापति रवि लामिछानेबिच भेटवार्ता हुने स्रोतले बतायो । उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य अभिषेक सिंहले वैकल्पिक शक्ति मिलेर अघि बढ्ने गरी छलफल चलिरहेको र केही दिनमा निष्कर्षमा पुग्ने बताए । यसअघि पनि घिसिङ र मेयर बालेनबीच भेटवार्ता भएको थियो ।
१४ मंसिरमा उज्यालो नेपाल पार्टी खोलेर राजनीतिमा होमिए लगत्तै कुलमान घिसिङले मेयर शाहसँग भेटवार्ता गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेका थिए । घिसिङले त्यतिबेला फेसबुकमा लेखेका थिए, ‘देश बनाउने अभियानमा हामी सँगै छौं।













